किष्ट अस्पताल ५०औं मृगौला प्रत्यारोपणमा सफल

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । किष्ट शिक्षण अस्पतालले विगत ११ वर्ष देखि मृगौला रोगीहरुलाई हेमोडाईलासिस सेवा प्रदान गर्दै आईरहेकोमा गत ४ वर्ष देखि विपन्न नागरिकहरुलाई निःशुल्क सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

यसैगरी किष्ट अस्पतालले मृगौला प्रत्यारोपण सेवा विस्तारका लागि आफ्नो जनशक्ति एवं आवश्यक पूर्वाधार विकासमा साधन श्रोत जुटाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको अङ्ग प्रत्यारोपण समन्वय समितिको सचिवालयले यस अस्पताललाई ०७७ फागुन १८ गतो स्वीकृति प्रदान गरेपछि मृगौला प्रत्यारोपण सुरु गरेको हो ।

अस्पतालले ०७८ बैशाख ८ गते पहिलो मृगौला प्रत्यारोपण सफलता पूर्वक प्रत्यारोपण गरेको थियो । हालसमम योे ५१ जना बिरामीहरुको शतप्रतिशत सफलताका साथ मृगौला प्रत्यारोपण गरिसकेको छ ।

प्रत्यारोपण सेवाका लागि देश भित्रबाट मात्र नभई बिदेशमा रहेका नेपाली नागरिकहरु अमेरिका, जापान, डेनमार्क तथा मध्यपूर्वका देशहरुबाट यस अस्पतालको सम्पर्कमा आई मृगौला प्रत्यारोपण गरी आ—आफ्नो काममा फर्किसक्नु भएकोछ । प्रतिष्ठानले सुलभ, सहज र गुणस्तरीय प्रत्यारोपण सेवा प्रदान गरेका कारण विगतमा यस सेवा लिनका लागि विदेश जानुपर्ने वाध्यतालाई केही हद सम्म रोक्ने प्रयास गरेकोछ ।

किष्ट अस्पतालको प्रत्यारोपण टोलीमा पूर्णकालिन रुपमा फिजिसियन, सर्जन, एनेस्थेसिया, डेन्टल, कार्डियोलोजिष्ट, प्याथोलोजिष्ट, साईकियाट्रिष्ट, चिकित्सक तथा तालिम प्राप्त नर्सिङ्ग सहितको Multidisciplinary Team कटिवद्द रहिरहेकोछ । प्रत्यारोपण कार्यका लागि अस्पतालले छुट्टै dedicated organ transplant विभाग स्थापना गरेकोछ ।

Transplant Certified Nephrologist को रुपमा हाल डा. सन्तोष कुमार क्षेत्री कार्यरत हुनुहुन्छ ।Transplant Certified सर्जनमा डा. नारायण प्रसाद भुसाल कार्यरत हुनुहुन्छ ।

मृगौला प्रत्यारोपण जटिल हुनुका साथै खर्चिलो पनि छ । तथापि सर्वसाधारणले पनि यो सेवा लिन सकुन भनेर किष्ट शिक्षण अस्पतालले प्रत्यारोपण सम्बन्धि विभिन्न शिर्षकहरुमा हदै सम्मको न्यूनतम शुल्क राखी प्याकेजमा सेवा दिदै आएको छ । हाल यस अस्पतालले निर्धारण गरेको प्याकेजको खर्च रु चार लाख पचास हजारबाट शुरु हुन्छ । प्रत्यारोपण सेवा सुलभ हुनुका साथै प्रकृयालाई कसरी सहज र सरल बनाउन सकिन्छ भनेर अस्पतालले छुट्टै विभागको स्थापना गरेको छ ।

यस किष्ट शिक्षण अस्पतालबाट मृगौला प्रत्यारोपणको सेवा लिनु भएका बिरामीहरुले यस अस्पतालको सेवा सुलभ र सहज भएको प्रतिकृया दिएका छन् । अन्यत्र अस्पतालमा जाँदा निकै ढिलासुस्ती, कतिपयमा अत्यधिक शुल्क लिईएको तथा नर्सिङ् तथा चिकित्सकीय परामर्श चित्त बुझ्दो नभएको, लामो समय कुर्नु पर्ने जस्ता पीडादायी अवस्था महसूस बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?