रोल्पामा एक महिला मृत फेला

प्रतिकात्मक तस्बिर

Read Time = 1 min
A A- A+

रोल्पा । रोल्पाको माडीखोलामा एक महिलाको शव फेला परेको छ। बिहीबार दिउँसो सवा ३ बजेतिर पूर्वी रोल्पास्थित सुनीलस्मृति गाउँपालिका-२ लामाचौर छेउको माडी खोलाको मध्यभागमा शव फेला परेको हो ।

प्रहरीका अनुसार पहिचान नखुलेको अवस्थामा करिब ३०/३२ उमेरकी देखिने महिलाको शव खोलामा तैरिएको फेला परेको हो । स्थानीयले प्रहरीमा सूचना दिएपछि सुलिचौर र खुंग्रीबाट प्रहरी परिचालित भएको हो । शवबारे प्रहरीले थप अध्ययन गरिरहेको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनाको जानकारी दिन र थप सूचना दिन स्थानीयलाई प्रहरीले आग्रह गरेको छ । महिलाको शवलाई पोस्टमार्टम गर्न प्रहरीको सहयोगमा लिवाङ तेउघास्थित रोल्पा अस्पतालमा लगेको जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?