विश्व खाद्य कार्यक्रमको रकम वितरणमा अनियमितता, पीडितले लगाए कार्यालयमा ताला

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 3 mins

बर्दिया । बर्दियाका बाढी पीडितहरुले राहत वितरणमा पक्षपात गरेको भन्दै गेरुवा गाँउपालिकाको कार्यालय र वार्ड न ५ को कार्यालयमा तालाबन्दी गरेका छन ।

दशैँको समयमा आएको वाढीका कारण पिडित बनेका बाढी पिडितहरुले राहत वितरणमा पक्षपात गरेको भन्दै विहिवार विहान ११ वजेतिर वार्ड न ५ को वडा कार्यालय तथा दिउँसो करिब ३ वजेतिर गेरुवा गाँउपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

गेरुवा गाँउपालिकाका अध्यक्ष जमान सिंह केसीले अगुवा रेडत्रस तथा रकम दाता विश्व खाद्य कार्यक्रमले बाढी क्षति पुर्वअनुमानका लागी बाँडेको रकममा केही पाउनुपर्ने व्यक्ति छुटेके हुँदा त्यसलाई कसरी सम्बोधन गर्ने सो विषयमा आफु गम्भिर भएको बताउनु भयो ।

विश्व खाद्य कार्यक्रमले रेडक्रससंग समन्वय गरी बाढी पिडित पुर्व अनुमानमा आधारमा तत्काल अवस्थामा राहत बाडिएको पालिकाका सूचना अधिकारी कुन नारायण चौधरीले बताउनु भयो । त्यस बेला छुटेका बाढी पिडितहरुले तत्काल राहत माग्दै पक्षपात गरेको भन्दै कार्यालयमा तालबन्दी गरेको बताउनु भयो । कार्यालय तथा वडा कार्यालयमा गरिएको तालाबन्दीका कारण सम्पूर्ण कामकाज ठप्प भएको छ ।

गेरुवा वार्ड न ३ का उमेश थारुले पालिका र वडाले राहत वितरणमा आफुहरुको नाम छुटाएको भन्दै राहतमा अनियमितता गरेको आरोप लगाउनु भयो । वार्ड न ५ का वडाध्यक्ष धर्मप्रकाश थारुले कार्यालयमा तालाबन्दी समस्याको समाधान नभएको बताउनु भयो ।

पीडितहरुले छुटेका बाढी पीडितहरुको पुन डाटा संकलन गरेर विश्व खाद्य कार्यक्रमलाई सिफारिस गर्ने निर्णय गरेपछि केहि दिन पहिले भएको सहमती कार्यान्वयका लागी अगाडि नबढेका कारण आफुहरुले बाध्य भएर तालाबन्दीमा उत्रिनु परेको बताएका छन् ।

नेपाल रेडक्रस शोसाइटी बर्दियाका अध्यक्ष कृष्ण गौतमले पालिकाले नै सर्भे गरी दिएको लिष्टबाट त्यसैलाई आधार मानेर रेडक्रसले सिफारिस गरेको हुँदा त्यहि अनुसार विश्व खाद्य कार्यक्रमले दिएको बजेट दिएको त्यहि बजेट पालिकाले वितरण गरेकोे उहाँले बताउनु भयो । छुटेकाले अब नपाउने पनि उहाँले बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?