रेडिअन्ट क्वाटरफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आयोजक रेडिअन्ट पब्लिक आठौँ रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्युचाटारस्थित घरेलु कोर्टमा रेडिअन्टले रिब्सलाई १८-७ ले पराजित गर्‍यो । रेडिअन्टकी दिव्यान्शा कार्कीले आठ अंक जोड्नुभयो । रेडिअन्ट समूह ‘सी’ को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । रिब्स पनि समूह उपविजेताका रूपमा क्वाटरफाइनलमा स्थान बनाउन सफल रहृयो ।

सिनियर गल्र्समै इनोभेटिभले सनसाइनलाई ११-६ तथा स्वर्णिमले विल्सनलाई ११-५ ले हराउनुभयो । इनोभेटिभकी पूजा थापाले आठ तथा स्वर्णिमकी अरिभानाले १० स्कोर गर्नुभयो ।

सिनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (इबिए) ले रेडिअन्ट रिडर्सलाई ३७-२४ ले पन्छ्याउँदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गर्‍यो । इबिएका सौगातले १७ अंक जोड्नुभयो । अन्य खेलमा जेनिथले बौद्ध चिल्ड्रेन हेभनलाई ३५-१४, काठमाडौं जेभियरले हार्टल्याण्डलाई ४०-३६ तथा स्वर्णिमले नेपाल सेन्ट्रललाई ३१-१८ ले निराश पारे । जेनिथका सुशिल शाहीले १४, काठमाडौं जेभियरका आदित्यले १० तथा स्वर्णिमका दीपेश शाक्यले १७ अंक बटुल्नुभयो ।

जुनियर ब्वाइजमा इबिएले ओरेकल रेमाथि २६-३ को सहज जित दर्ता गर्‍यो । जितसँगै इबिए क्वाटरफाइनलमा पुग्यो । इबिएको जितमा निखिल शाहीले २० अंकको योगदान गर्नुभयो । जुनियर ब्वाइजमै विधान कार्कीको १० अंकको सहयोगमा आयोजक रेडिअन्टले महामञ्जुश्रीलाई १३-१० ले पराजित गर्‍यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?