प्रदीप र प्रणव क्वाटरफाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रदीप खड्का र प्रणव खनालले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फ क्वाटरफाइनलमा स्थान बनाउनुभयो । सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार प्रदिपले आयुष्मान हजुर घलेलाई ६-३ र ६-३ ले हराएर क्वाटरफाइनलमा स्थान पक्का गर्नुभयो ।

प्रणवले प्रि-क्वाटरफाइनलमा राजवीर प्रधानलाई ६-२ र ६-० ले हराएर क्वाटरफाइनलमा स्थान बनाउनुभएको हो । पुरुष एकलतर्फ नै प्रणव मानन्धरले गोविन्द नेपालीलाई ६-१ र ६-१ ले हराएर क्वाटरफाइनलमा स्थान पक्का गर्दा गौरवप्रताप शाहीले सुशल मोक्तानलाई ६-० र ६-० ले हराएर क्वाटरफाइनलमा स्थान पक्का गर्नुभएको छ ।

क्वाटरफाइनल पुग्ने अन्य खेलाडीमा सौगात बिक, निहलजंग बहादुर थापा, निसन श्रेष्ठ र ऋतिक राना रहनुभएको छ । सौगातले विष्णु नेपालीबाट वाकओभर पाउँदा निहलले सौरभनाथ पन्तलाई ६-० र ६-० ले, निसनले प्रितम परियारलाई ६-० र ६-० ले र ऋतिकले आशिष खड्कालाई ६-२ र ६-३ ले पराजित गर्नुभयो ।

पुरुषको ३५ वर्षमाथिको एकलमा सन्तोष कार्की, जितेन्द्र परियार, कमल भण्डारी र सिमान्त गुरुङले सेमिफाइनलमा स्थान बनाउनुभएको छ । पुरुषको ४५ वर्षमाथिको एकलमा महेश श्रेष्ठ, रोहित सुनुवार, मनोजबिक्रम शाह र विमलकुमार गुरुङले अन्तिम चारको यात्रा तय गर्नुभएको छ ।

पुरुषकै ५५ वर्षमाथि एकलमा उत्तमकुमार लामा, निरञ्जनकुमार श्रेष्ठ, विमलकुमार गुरुङ र जीवन घिमिरेले अन्तिम चारको यात्रा तय गर्नुभएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा जारी प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?