विभिन्न चार तालमा डा.उपाध्यायको र्‍याप गीत रेकर्डिङ

Read Time = 2 mins

काठमाडौं । विश्वकीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको ¥याप गीत विभिन्न चार तालमा रेकर्डिङ गरिएको छ कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत तथा गायक जगत तिरुवाको स्वरमा ‘खै कस्तो माया बसेछ’ बोलको गीत रेकर्डिङ गरिएको हो ।

र्‍याप गीतको इतिहासमा विश्वमै पहिलोपटक विभिन्न चारवटा तालमा उक्त र्‍याप गीतको रेकर्डिङ गरिएको दाबी गरिएको छ । गीत रेकर्डिङ भएका चारवटा तालहरू ४/४, २/४, ६/८ र ३/४ रहेका छन् ।

एउटै र्‍याप गीतमा चारवटा तालको प्रयोग गरिएको पहिलोपटक प्रयोग भएकाले उक्त गीतले विश्वकीर्तिमान कायम गर्न सक्ने एभरेष्ट वल्ड रेकर्डका प्रबन्ध निर्देशक मथुरा श्रेष्ठले जानकारी गराउनभयो । गीतको अरेन्ज देवेन्द्र नेवाःले गर्नुभएको छ ।

डा.उपाध्यायका गीत-संगीत र साहित्यका विभिन्न विधामा गिनिज बुक अफ वल्र्ड रेकर्डसहित ११० विश्व रेकर्ड कायम छन् । कीर्तिमानी डा.उपाध्यायका ३० एल्बमका सयौँ गीत श्रोता/दर्शकमाझ आएका छन् । यस्तै, उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’, ‘कसुर’ जस्ता १४ उपन्यास पाठकमाझ आएका छन् भने १५औं उपन्यास प्रकाशनको अन्तिम तयारीमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?