काठमाडौं । सेयर बजार फेरि ओरालो लाग्न थालेको छ । बुधबार नेप्से परिसूचक ३९.१५ अंकले घटेको बजार बिहीबार थप २३.५२ अंकले घटेको हो । सोमबार ६.४३ र मंगलबार २.५७ अंकले घटेको थियो तर आइतबार भने नेप्से ४३ अंकले बढेको थियो । बिहीबार नेप्से २३.५२ अंकले घटेर १८९३.७० अंकमा झरेको छ भने ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.१७ अंकले घटेर ३७२.३७ अंकमा झरेको छ । बिहीबार मन्दाकिनी हाइड्रोपावर कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै ३.९२ प्रतिशतले बढेर ३३१.५० रुपैयाँ पुगेको छ भने सिन्धु विकास बैंक २.७७, हिमालयन पावर पार्टनर १.७८, सिटिजन्स म्युचुअल फण्ड-२ को इकाईमूल्य १.३९ र उपकार लघुवित्तको सेयरमूल्य १.२० प्रतिशतले बढेको छ ।
अपर हेवाखोलाका लगानीकताको सेयरमूल्य सबैभन्दा धेरै ६.९१ प्रतिशतले घटेर तीन सय ६४ रुपैयाँमा झरेको छ भने किसान लघुवित्तको ५.७८, पञ्चकन्या माई हाइड्रोपावर ५.२५ प्रतिशत, इमर्जिङ नेपाल लिमिटेड ५.२० प्रतिशत, गुहेश्वरी मर्चेन्ट बैंकिङ ५.२० प्रतिशत र एनआरएन इन्फ्रास्ट्रक्चर लिमिटेडको सेयरमूल्य ५.०३ प्रतिशतले घटेको छ । पाँचथर पावर, रिभर फल्स पावर, मिर्मिरे लघुवित्त र नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य पनि घटेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका