काठमाडौं । संरक्षणसहित निर्माण अझ सुन्दर विश्व बनाऔँ भन्ने नाराका साथ हुन गइरहेको एसियाली तथा पश्चिमी प्रशान्त क्षेत्रका निर्माण व्यवसायीको अन्तर्राष्ट्रिय संगठन इन्टरनेसनल फेडरेसन अफ एसिया एण्ड वेस्टन प्यासिफिक कन्ट्रयाक्टर्स एसोसिएसन (इफाप्का) को ४५औँ सम्मेलनमा भाग लिन नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डल बिहीबार माल्दिभ्सको राजधानी माले प्रस्थान गरेको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको ६४ सदस्यीय प्रतिनिधिमण्डल माले प्रस्थान गरेको हो ।
महासंघका अनुसार प्रतिनिधिमण्डलमा महासंघका पूर्व अध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य र अन्य निर्माण व्यवसायी रहेका छन् । सम्मेलनको समाप्तिसँगै इफाप्का अध्यक्षको कार्यभार नेपालले सम्हाल्ने र ४६ औँ सम्मेलन पनि अर्को वर्ष काठमाडौंमा हुने भएकाले माले सम्मेलन नेपालका लागि महत्वपूर्ण भएको अध्यक्ष सिंहले बताउनुभएको छ । सम्मेलनपछि महासंघ अध्यक्ष सिंहले इफाप्का अध्यक्षको कार्यभार सम्हाल्नुहुनेछ ।
त्यस्तै, महासचिवको भूमिकामा महासंघका सल्लाहकार वीरेन्द्र पाण्डे रहनुहुनेछ । आगामी सम्मेलन दिगो पूर्वाधारमा साझेदारी भन्ने नारासहित काठमाडौंमा आयोजना हुँदैछ । इफाप्कामा १९ राष्ट्रका निर्माण संगठन आबद्ध छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका