पत्रकार अधिकारीको मृत्युको विषयमा अनुसन्धान भइरहेको छ : प्रहरी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पत्रकार सरोजराज अधिकारी काठमाडौंको एक होटलमा मृत फेला पर्नुभएको थियो । अधिकारी बुधबार साँझ सुन्धाराको एक होटलमा मृत फेला पर्नुभएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहोराका अनुुसार अधिकारी कात्तिक २१ गतेदेखि घरबाट निस्कनु भएको थियो ।

उहाँ घर नफर्केपछि बुधबार उहाँकी श्रीमतीले प्रहरीमा निवदेन दिनुभएको थियो । ‘निवेदन परेपछि प्रहरीले उहाँको मोबाइल ट्र्याक ग¥यो । ट्र्याक गर्दा सुन्धाराको एक होटलमा देखियो,’ एसएसपी बोहोराले भन्नुभयो, ‘त्यहाँ गएर जाँच गर्दा होटलमा उहाँले नाम इन्ट्री गरेको देखियो । उहाँकी श्रीमती र प्रहरी गएर कोठामा जाँच गर्दा अधिकारी पंखामा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको हो ।’ अधिकारीले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । प्रारम्भिक रूपमा उहाँले आत्महत्या गरेको देखिए पनि अन्य हिसाबबाट पनि अनुसन्धान भइरहेको एसएसपी बोहराको भनाइ छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीका अनुसार पत्रकार अधिकारी उक्त होटलको कोठा नम्बर ५०२ मा पंखामा झुण्डिएको अवस्थामा फेला पर्नुभएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ । कान्तिपुर, नयाँ पत्रिका, नेपाल लाइभमा काम गरिसक्नु भएका अधिकारीका ‘धम्बोजी’, ‘नोरा’, ‘जासुसीको जालो’ र ‘चक्रव्यूहमा चन्द्रसूर्य’ जस्ता किताब प्रकाशित छन् । उहाँ बहुचर्चित सुडान घोटाला प्रकरण सतहमा ल्याउने पत्रकारसमेत हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?