यस्तो छ तपाईंको कात्तिक २५ गते शुक्रबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल कार्तिक २५ गते शुक्रबार, ई.सं ११ नोभेम्बर, २०२२ । तिथि- मार्ग कृष्णपक्ष तृतीया, नक्षत्र- मृगशिरा, योग- शिव, करण- वव, चन्द्रराशि- वृष, सूर्योदयः ६ः२२, सूर्यास्तः १७ः१२ ।

मेष : ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला ।

वृष : मिहिनेतले सफलताको उचाइमा पुर्‍याउनेछ ।

मिथुन : आत्मविश्वास र दृढ संकल्पले लक्ष्य प्राप्ति हुनेछ ।

कर्कट : खर्चिलो कामले ऋणभार बढाउन सक्छ ।

सिंह : अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ ।

कन्या : संघर्षको दौडमा प्रतिस्पर्धीहरू पछि पर्नेछन् ।

तुला : कामबाट नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ ।

वृश्चिक : परिश्रमको तुलनामा न्यून कर्मफल प्राप्त हुने समय छ ।

धनु : पद तथा जिम्मेवारी प्राप्त हुने बलियो सम्भावना छ ।

मकर : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।

कुम्भ : मन आनन्द प्राप्तिका लागि आकर्षित बन्नेछ ।

मीन : स्थायीभन्दा अस्थायी पेसाबाट बढी फाइदा हुने समय छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?