विश्व खाद्य कार्यक्रमको रकम वितरण अनियमितता, पीडितले गरे गाँउपालिका र वडा कार्यालयमा तालाबन्दी

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 3 mins

बर्दिया । बर्दियाका बाढी पीडितहरूले राहत वितरणमा पक्षपात गरेको भन्दै गेरुवा गाँउपालिकाको कार्यालय तथा वडा नं ५ को कार्यालयमा तालाबन्दी गरेका छन ।

दशैंको समयमा आएको वाढीका कारण पीडित बनेका बाढी पीडितहरूले राहत वितरणमा पक्षपात गरेको भन्दै बिहीबार विहान वडा कार्यालय तथा दिउँसो गेरुवा गाँउपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन ।

गेरुवा गाँउपालिकाका अध्यक्ष जमान सिंह केसीले अगुवा रेडक्रश तथा रकम दाता विश्व खाद्य कार्यक्रमले बाढी क्षति पुर्व अनुमानका लागि बाडेको रकममा केही पाउनुपर्ने व्यक्ति छुटेको हुँदा त्यसलाई कसरी सम्बोधन गर्ने सो विषयमा आफू गम्भिर भएको बताउनुभयो ।

विश्व खाद्य कार्यक्रमले रेडक्रससंग समन्वय गरी बाढी पीडित पूर्व अनुमानका आधारमा राहत बाडिएको पालिकाका सूचना अधिकारी कुल नारायण चौधरीले बताउनुभयो ।

त्यसबेला छुटेका वाढी पीडितहरूले तत्काल राहत माग्दै पक्षपात गरेको भन्दै कार्यालयमा तालबन्दी गरेका हुन् । कार्यालय तथा वडा कार्यालयमा गरिएको तालाबन्दीका कारण सम्पर्ण कामकाज ठप्प भएको थियो । गेरुवा वार्ड नं ३ का उमेश थारुले पालिका र वडाले राहत वितरणमा आफूहरूको नाम छुटाएको भन्दै राहतमा अनियमितता गरेको आरोप समेत लगाउनुभयो । वार्ड न ५ का वडाध्यक्ष धर्मप्रकाश थारुले कार्यालयमा तालाबन्दी समस्याको समाधान नभएको बताउनुभयो ।

पीडितहरूले छुटेका बाढी पीडितहरूको पुन डाटा संकलन गरेर विश्व खाद्य कार्यक्रमलाई सिफारिस गर्ने निर्णय गरेपछि केहि दिन पहिले भएको सहमति कार्यान्वयका लागि अगाडि नबढेका कारण आफूहरूले बाध्य भएर तालाबन्दीमा आउनु परेको पीडितहरूले बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी बर्दियाका अध्यक्ष कृष्ण गौतमले पालिकाले नै सर्वे गरी दिएको लिष्टबाट त्यसैलाई आधार मानेर रेडक्रसले सिफारिस गरेको हुँदा त्यहि अनुसार विश्व खाद्य कार्यक्रमले वजेट दिएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?