विश्वकप अघि बार्सिलोना शीर्षस्थानमा, रियल दोस्रो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बिहीबार राति भएको खेलमा रियल मड्रिडले काडिजलाई २-१ अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा प्राप्त जितसँगै विश्वकप अघि रियलले दोस्रो स्थानमा चित्त बुझाएको छ । समान १४ खेलबाट बार्सिलोना ३७ अंक सहित शीर्षस्थानमा छ । रियल ३५ अंक सहित दोस्रो स्थानमा रहेको छ ।

रियलको जितमा इडर मिलिटाओ र टोनी क्रुसले एक/एक गोल गरे । काडिजका लुकास पेरेजले एक गोल फर्काएका थिए । खेलसँगै काडिज रेलिगेशन क्षेत्रबाट माथि उठ्न सकेन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?