नेपाली पर्यटनको मेरुदण्ड : हिमाल आरोहण

Read Time = 8 mins

✍️ निनाम लोवात्ती

हो, नेपाल सरकार र नेपाली पर्यटन व्यवसायीहरूका लागि हिमाल आरोहण विधा विगत लामो समयदेखि आयस्रोतको एक राम्रो र दिगो माध्यम भएको छ । हुन पनि वर्षेनी विभिन्न देशका सयौं, हजारौं पर्वतारोहीहरू नेपाल आएर नेपालका ससानादेखि लिएर ठूला सयौं हिमाल आरोहण गर्ने गरेका छन् । जस्तो कि, सन् २०२२ (विसं २०७८/०७९) को शरद ऋतुमा मात्रै नेपालका विभिन्न हिमाल आरोहण गर्न १२ सय ३८ जना पर्वतारोहीहरूले अनुमति लिएका थिए । तीमध्ये लगभग ३५ प्रशित विदेशी पर्वतारोहीहरूले मात्रै सफलता प्राप्त गरेका छन् । पर्वतारोहण क्षेत्रमा अरू वर्षको तथ्य-तथ्यांकभन्दा फरक तथ्य-तथ्यांक आएको देखिन्छ ।

उदारहणका लागि गत असोजको २८ गतेको डेट लाइनमा नेपालका धेरैजसो दैनिक पत्रपत्रिका, अनलाइन न्युजपोर्टल, एफएम रेडियो, ब्लग आदिमा राष्ट्रिय समाचार समिति (रासस) लाई उद्धृत गर्दै लेखेको, प्रशारण गरेको समाचारमा जनाइएअनुसार सन् २०२२ (यो वर्ष) को शरद ऋतुमा ३४ वटा हिमाल आरोहणका लागि ६८ देशका एक सय एक समूहका १२ सय ३८ (कुनै कुनै अनलाइनल ९०४ र कुनैले ९०८ लेखेका छन् ।) जना विदेशी पर्वतारोही आएका छन् । स्मरणीय छ, नेपाल सरकारले हालसम्म नेपालका ४१४ वटा हिमाल पर्वतारोहणका लागि खुलाएको छ । अभैm नेपालका विभिन्न हिमाल चढ्नका लागि विदेशी पर्वतारोहीहरूले अनुमति लिइरहेका छन् भनिन्छ ।

यसरी तथ्यांक हेर्दा यो वर्षको शरद ऋतुमा गएको वसन्त ऋतु (सन् २०२२ को) को सिजनभन्दा केही बढी संख्यामा पर्वतारोहीले नेपालका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएको देखिन्छ । जस्तो गत वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण गर्न विभिन्न देशका ८९९ जना पर्वतारोहीहरू नेपाल आएका थिए । उनीहरूले गत वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल चढ्नका लागि अनुमति लिएवापत नेपाल सरकारलाई ४६ करोड ७५ लाख सात हजार सलामी दस्तुरवापत (राजस्व) मात्रै तिरेका थिए ।

तर, अचम्म के भने, यो वर्षको शिशिर ऋतुमा चाहिँ ९०८ जना विदेशी तथा स्वदेशी पर्वतारोहीले नेपालका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका छन् । त्यसो भए तापनि हिमाल आरोहणबाट हुने सरकारी कमाइ अर्थात् राजस्व (सलामी) चाहिँ लगभग सात गुणा कम भएको छ । यसरी सलामी दस्तुरको आधारमा भन्ने हो भने वसन्त ऋतुमा शिशिर ऋतुमा भन्दा कम्तिमा ४/५ गुणादेखि लिएर १३/१४ गुणसम्म बढी आमदानी हुन्छ, नेपाल सरकारलाई । हो, अब प्रश्न उठ्छ, शिशिर ऋतु र वसन्त ऋतुमा पर्वतारोहण क्षेत्रबाट सरकारले गर्ने कामइमा किन यति धेरै फरक हुन्छ ?

गत वसन्त ऋतुमा विभिन्न हिमाल आरोहण गर्न विभिन्न देशका ८९९ जना पर्वतारोहीहरू नेपाल आएका थिए । उनीहरूले गत वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल चढ्नका लागि अनुमति लिएबापत नेपाल सरकारलाई ४६ करोड ७५ लाख सात हजार सलामी दस्तुरबापत तिरेका थिए ।

यसको मुख्य कारण हो, विश्वकै अग्लो सगरमाथा हिमाललगायत धेरै सलामी दस्तुर उठ्ने हिमाल आरोहण गर्नका लागि विदेशी पर्वतारोहीका लागि शिशिर ऋतुभन्दा वसन्त ऋतु उत्तम समय मानिन्छ । त्यसैले धेरै जसो विदेशी पर्वतारोहीहरू नेपाल रहेका विभिन्न हिमाल आरोहण गर्नका लागि वसन्त ऋतुमा आउने गरेका छन् । हुन पनि विगत वर्षहरूको तथ्य-तथ्यांकहरू हेर्ने हो भने कतिपय वर्षको शिशिर ऋतुमा विश्वकै अग्लो हिमाल सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, धौलागिरि, चोओयुलगायत आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणका लागि एउटै टोली पनि नआएको तथ्यांक रहेको छ । अझ विश्वको अग्लो हिमाल सगरमाथा हिमाल त लगातार ९, १०, ११, १२, १३,...वर्षसम्म नआएको तथ्यांक रहेको देखिन्छ ।

साथै शिशिर ऋतुमा सरकारी कमाइ कम हुनुको अर्को महत्वपूर्ण कारण भनेको नेपाल तर्फबाट विश्वको अग्लो हिमाल सगरमाथा हिमाल आरोहण गर्ने एकै व्यक्तिले ११ हजार अमेरकी डलर सलामीवापत मात्रै तिर्नुपर्ने हुन्छ । त्यसले गर्दा हुन सक्छ, वसन्त ऋतुमा सगरमाथा आरोहणमा धेरै विदेशी पर्वतारोहीहरू आउने हुनाले नेपाल सरकारको आमदानी पनि धेरै हुने गरेका देखिन्छ । हुनत शिशिर ऋतुमा सगरमाथा हिमालमा चिसो धेरै हुने हुनाले सो समयमा पर्वतारोही कम आउने गरेको हो । अर्को भनेको नेपालका आठ हजार मिटरभन्दा माथिका अन्य हिमाल आरोहणका लागि एक व्यक्तिले २५ सय अमेरिकी डलर तिरे पुग्छ ।

त्यस्तै आठ हजार मिटरभन्दा कम र सात हजार मिटरसम्मको हिमाल चढ्ने पर्वतारोहीले प्रतिव्यक्ति २ हजार अमेरिकी डलर सलामी दस्तुर तिरे पुग्छ । त्यस्तै छ हजार मिटरदेखि सात हजार मिटरसम्म उचाइको हिमाल (आमा डाब्लाम हिमालबाहेक) चढ्नका एकजना पर्वतारोहीलाई सरकारले एक हजार अमेरिकी डलर सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था गरेको छ ।

जे भए तापनि यो वर्षको शरद ऋतुमा समग्रमा नेपालका विभिन्न हिमाल आरोहण गर्न आएका पर्वतारोहीहरूले नेपाल सरकारलाई सलामी दस्तुरवापत सात करोड १० लाख ३१ हजार नेपाली रुपैयाँबराबार बुझाए । जबकि गएको वसन्त ऋतुमा विदेशी तथा स्वदेशी पर्वतारोहीहरूले नेपालको विभिन्न हिमाल चढ्न अनुमति लिएवापत नेपाल सरकारलाई ४६ करोड ७५ लाख सात हजारभन्दा बढी सलामी दस्तुरवापत तिरेका थिए । विदेशी मुद्रा आर्जन गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?