साफ यू-१५ महिला च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र घरेलु टोली बंगलादेश खेल्दैछन् । डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपाललले आज बंगलादेशसँग खेल्न लागेको हो ।

ढाकामा हुने खेल दिउँसो सवा चार बजे सुरु हुनेछ । नेपाल र बंगलादेशबीचको खेल फाइनल सरहको खेल हो । यस खेलको विजेताले नै उपाधि उचाल्ने छ ।

नेपाल आज बंगलादेशलाई हराएर उपाधि उचाल्न चाहन्छ। तर, नेपाललाई बलियो बंगलादेशविरुद्ध जित निकाल्न सहज हुने छैन ।

नेपाल तीन खेलमा अपराजित रहँदै नौ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। बंगलादेश तीा खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।​

यस अघिको भेटमा नेपालले बंगलादेशलाई १-० ले हराएको थियो । यस्तै नेपालले पहिलो भेटमा भुटानलाई ७-० ले हराएको थियो भने दोस्रो भेटमा नेपालले १-० को जित निकालेको थियो ।

बंगलादेशले पहिलो भेटमा भुटानमाथि ८-० र दोस्रो भेटमा ९-० को जित निकालेको छ । भुटान अंक विहीन रहँदै बाहिरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?