सर्लाही २ मा लोसपालाई कांग्रेसको समर्थन 

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चारदलीय सत्तागठबन्धनले देशका सात निर्वाचन क्षेत्रमा लोसपासँग तालमेल गरेको छ । सर्लाही २ मा भने मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको थियो ।

नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवले माओवादी केन्द्रको हँसिया हथौडा चुनाव चिन्ह लिएर उठेको र लोसपा वरिष्ठ नेता राजेन्द्र महतो त्यही निर्वाचन क्षेत्रमा उठेकाले मिज्ञवत प्रतिस्पर्धा गर्ने सहमति भएको थियो ।

तर, पछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जोडबलमा सर्लाही २ मा गठबन्धनको उम्मेदवार यादव भनेर विज्ञप्ति आयो । सत्तागठबन्धनले सो निर्णयसहितको विज्ञप्ति निकालेपछि लोसपाले पार्टीगत रूपमै प्रतिवाद गरेको थियो । गठबन्धनको संयुक्त विज्ञप्तिप्रति कांग्रेसमै पनि असन्तुष्टि थियो । किनकि मित्रवत् प्रतिस्पर्धा भनेको क्षेत्रमा कसैको पनि पक्षधर लिनु उचित हुन्नथ्यो । त्यही भएर कांग्रेसमा दुई धार देखिएको थियो ।

तर, अहिले कांग्रेस खुलेरै लोसपा उम्मेदवार राजेन्द्र महतोलाई जिताउन लागिपरेको छ । सो निर्वाचन क्षेत्रमा कांग्रेस नेता जंगीलाल राय प्रदेश सभा सदस्यको उम्मेदवार बन्नुभएकाे छ । राय महतोको पक्षमा खुलेर लागेपछि सर्लाही २ को माहोल नै फेरिएको छ । शुक्रबार बिहान लोसपा र कांग्रेसको अगुवाइमा हरपुर्वा नगरपालिकाको बसतपुरमा राजेन्द्र महतो र जंगीलाल राय संयुक्त रूपमा घरदैलो कार्यक्रममा निस्किनु भएकाे थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?