वास्तविकताको धरातलमा उभिएर गरिने निर्णय राजनीति हो : निधि

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 3 mins

बारा । वास्तविकताको धरातलमा उभिएर गरिने निर्णय नै राजनीति रहेकाे पूर्व गृहमन्त्री विमलेन्द्र निधिले बताउनु भएकाे छ ।

नेपाली काँग्रेस बाराले कलैया स्थित विपि स्मृतिमा भवनमा आयोजना गरेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमका प्रमुख अतिथि समेत रहेका निधिले कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कुनै पनि राजनितिक कुराको बारेमा निर्णय गर्दा वास्तविकताको धरातलमा उभिएर मात्र निर्णय लिने गरिएको बताउनुभयो ।

कार्यकर्ताहरुले उठाएको प्रश्नको उत्तर दिदै उहाँले भन्नुभयोे,‘नेताहरु निकम्मा हुँदैनन् जे गर्छन धेरै गन्थन मन्थन गरेर गर्दछन् । गठबन्धन आजको आश्यकता हो । गठबन्धनले काँग्रेसलाई फाइदा भएको छ । गठबन्धन नगरि २०७४ मा एकलै लडेको काँग्रेस २३ सिट मै सिमीत हुुनु परेको थियो । गठन्धनका अरु दलले हामीलाई सहयोग गरिरहेका छन् भने हामीले पनि उनीहरुलाई सहयोग गर्नु हाम्रो नैतिक दायित्व हो ।

अहिले छलफल र विचार गर्ने बेला होइन छलफल र विचार विमर्श मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन पछि गर्दा राम्रो हुन्छ । त्यसैले अहिले हामी सबैले इमान्दारीपूर्वक गठबन्धनलाई सहयोग गरि जिताउनु नै अहिलेको आवश्यकता रहेको छ । पद पाउनु भनेको लोभ मात्र होइन व्यवस्थापन हो । आखिरमा गठन्धनकै कारण नै २३ सीट भएको काँग्रेसको अहिले सरकार बनेको हो । यदि एक कदम पछाडी हटेर दुई कदम अगाडी बढन सकिन्छ भने हटनु पर्छ अनि मात्र सफल हुन सकिन्छ । त्यसैले हामी सबै मिलेर गठबन्धनका उम्मेदवारलाई जिताउन इमान्दारीपूर्वक लाग्न उहाँले आग्रह गर्नुभयो ।’

नेपाली काँग्रेस बाराका सभापति राजेश राय यादवको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा शोभाकर पराजुली, कलावती पासवान, अमिरीलाल पाल, तेजनारायण साह, सुनिल गुप्ता, रामप्रवेश यादव, लुकेश सिह, मुकेश कुशवाहा, देवेन्द्र गिरी, चन्द्रिका गुप्ता, बैकुण्ठ श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य जंगबहादुर चौरसियाले दिएका थिए भने कार्यक्रमको संचालन दिपेन्द्र पटेलले गर्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?