नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट ४ मा रहेको न्यु लाइफ मा.वि. कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई ३ दिने हेप्पिनेस कार्यक्रम सम्पन्न भएको छ । योग गुरु काव्य लम्सालको सहजीकरणमा भएको कार्यक्रममा कक्षा १०, ११,१२ र स्नातक पढ्ने बिद्यार्थीहरुको सहभागी रहेको बिद्यालयका प्रबन्ध संचालक डि.बि. अधिकारीले जानकारी दिनुभयो ।
विद्यार्थीहरुको शिक्षण सिकाइमा प्रभावित बनाउनका लागि विद्यालयले हेप्पिनेस कार्यक्रमको आयोजना गरेको अधिकारीले बताउनु भयो ।
कार्यक्रममा मनलाई शान्त राख्न सके मात्र खुसी बन्न सकिने बताउदै योग गुरु लम्सालले दैनिकी योग गर्दा विद्यार्थीको शिक्षण सिकाइमा राम्रो परिवर्तन देखिने बताउनु भयो ।
कार्यक्रममा कलेज प्रमुख मोहन शरण पाण्डे, विद्यालयका प्रीन्सिपल सन्तोष अधिकारीलगायत शिक्षणहरुको समेत राम्रो सहभागी रहेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका