लोक गायक अमृत सापकोटा ‘पपुलर सिंगर अफ दी ईयर’ अवार्डबाट सम्मानित

Read Time = 1 min

धादिङ । धादिङका लोक गायक अमृत सापकोटा ‘पपुलर सिंगर अफ दी ईयर' अवार्डबाट सम्मानित हुनु भएको छ ।

कात्तिक २१ गते सोमबार काठमाडौंको जमलस्थित नाच घरबाट सापकोटाले ‘धनगढीको बसमा’ बोलको गीतबाट दोश्रो क्वालिटि म्युजिक अवार्ड २०७९ मा ‘पपुलर सिंगर अफ दी ईयर’को अवार्डबाट सम्मानित हुनु भएको हो ।

एक वर्ष अगाडी विशाल ईन्टरटेन्मेन्ट यूटुब च्यानलबाट बजारमा आएको धनगढीको बसमा बोलको गीतमा गायक अमृत सापकोटा, समिक्षा अधिकारी र कमला घिमिरेको आवाज रहेको छ । गोविन्द पंगेनीको संगीत रहेको गीतको शब्द नेत्र अर्यालको रहेको छ । मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नम्बर ८ मा जन्मनु भएको सापकोटा ८ वर्ष देखि कलाकारिता क्षेत्रमा अब्बल रहेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?