प्रकाशचन्द्र लोहनीको प्रश्न : सत्तामा पुगेर शक्तिको दुरुपयोग गर्नु नै अग्रगमन हो ?

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राप्रपा नेता प्रकाशचन्द्र लोहनीले अग्रगमनका नाममा जनताले दिएको राज्यशक्तिलाई नेताहरुले दुरुपयोग गरेको आरोप लगाउनु भएको छ ।

काठमाडौंको वसन्तपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले जनताको शक्तिबाट प्राप्त राज्यशक्तिकै दुरुपयोग गरेर जनताविरुद्ध नै प्रयोग गरेको आरोप लगाउनु भयो । यदी कसैले दुरुपयोग भयो भन्यो भने पश्चगामीको आरोप लगाउने गरेको उहाँको भनाइ छ ।

‘यदी कसैले राज्यशक्तिको दुरुपयोग भयो भन्यो भने एउटा कथा रचिएको छ । कथा के हो भने यी त पश्चगामी भए । पश्चगामी भए भन्ने कथा रचिएको छ ,’ उहाँले भन्नुृभयो, हामीलाई यस्तो भन्ने साथीहरुलाई सोध्न चहान्छु, संविधानको निरन्तर उल्लंघन गर्नु अग्रगामी हो ? संविधान निरन्तर उल्लंघन भएको छ । नियुक्ति र लाइसेन्स दिइएको छ । सत्तामा पुगेर शक्तिको सदुपयोग भयो ? के त्यही हो अग्रमगन भनेको ? ’

यसबारे राप्रपाले जवाफ खोजेको भन्दै उहाँले पैसा लिएर भागबण्डालाई गर्नेलाई पनि अग्रमगन हो भन्दै प्रश्न गर्नुभयो । प्रतिस्पर्धी राजनीतिक दलप्रति आक्रोश व्यक्त गर्नुभएका उहाँले राजदूत नियुक्तिमा पनि पैसाको लेनदेन हुने गरेको आरोप लगाउनु भयो ।

आफूहरु संसदमा पुगेपछि अग्रगामीको नाममा दुर्गन्धपूर्ण भएका नवसामन्तीहरुको नागेंझार पार्ने डा। लोहनीको चेतावनी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?