काठमाडौं । दोस्रो संस्करणको कामना सेवा फुटसल कपको खेल तालिका सार्वजनिक भएको छ । कामना सेवा विकास बैंकको आयोजनामा हुने प्रतियोगिताको खेलतालिका आज सार्वजनिक गरिएको हो । प्रतियोगितामा सहभागी बैंक तथा वित्तीय संस्थाको २४ टोलीलाई छ समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा सेञ्चुरी बैंक, सूर्या लाइफ इन्स्योरेन्स, कामना सेवा विकास बैंक र लुम्बिनी बैंक छ भने समूह ‘बी’ मा नेपाल इन्भेष्टमेण्ट बैंक, माछापुछ«े बैंक, गरिमा विकास बैंक र रिलायन्स फाइनान्स छन् । साथै, समूह ‘सी’मा सांग्र्रिला बैंक, ज्योति विकास बैंक, प्रभु बैंक र प्रिमियर इन्स्योरेन्स छ । त्यसैगरी समूह ‘डी’मा एनएमबि बैंक, महालक्ष्मी विकास बैंक, शाइन रेसुंगा बैंक र सिद्धार्थ बैंक छ । समूह ‘ई’मा सगरमाथा इन्स्योरेन्स, सानिमा बैंक, गुर्खाज फाइनान्स र राष्ट्रिय बीमा संस्थान छ । समूह ‘एफ’मा कुमारी बैंक, हिमालयन बैंक, मुक्तिनाथ विकास बैंक र मेगा बैंक छन् ।
लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको हरेक समूहका शीर्ष दुई टोलीले प्रि–क्वार्टरफाइनलमा स्थान बनाउनेछन् । यस्तै हरेक समूहको तेस्रो स्थानमा रहनेबाट गोलाप्रथाबाट थप चार टोलीले प्रि-क्वार्टरफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘ए’ को सेञ्चुरी बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा अखिल नेपाल फुटबल संघ (एन्फा)को फुटसल कमिटीको प्राविधिक सहयोग हुनेछ । पहिलो संस्करणको उपाधि सिद्धार्थ बैंकले जितेको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका