स्किब्स र काठमाडौं जेभियर क्वार्टरफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । स्किब्स आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्किब्सले लोक आदर्शलाई ११-२ ले पराजित गर्‍यो । स्किब्सका सोहन ठकुरीले चार अंक जाड्नुभयो । सोही स्पर्धामा सिर्जना ज्ञान सागरले भ्याली भ्युलाई सात-चार, युनिकले ओरेकललाई १५-२ तथा आयोजक रेडिअन्ट पब्लिकले राइजिङ स्टारलाई २३-८ ले हराउँदै क्वार्टरफाइनलमा पुग्नुभयो । सिर्जनाका मिसन गोलेले चार, युनिकका सञ्जित रिमालले चार र रेडिअन्टका विदान कार्कीले आठ स्कोर गर्नुभयो ।
सिनियर गल्र्समा लोक आदर्शले सनसाइनलाई चार-तीन तथा डिफेन्डिङ च्याम्पियन निम्सले स्वर्णीमलाई १६-८ ले पाखा लगाउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्नुभयो । लोक आदर्शकी सम्मानिका ठकुरीले तीन तथा निम्सकी सरेना सुनवारले ६ अंक बटुल्नुभयो ।

सिनियर ब्वाइजमा ग्रीनफिल्डले विस्डमलाई ३९-८, काठमाडौं जेभियरले हेम्सलाई ३०-२८, डिफेन्डिङ च्याम्पियन निम्सले राइजिङ स्टारलाई ४१-६, एचएचसीएले स्वर्णीमलाई ३४-१५ र बौद्ध चिल्डे«न हेभनले द एक्सेल्सियरलाई ३१-१० ले पन्छाउनुभयो ।

विजेता सबै क्वार्टरफाइनलमा पुग्न सफल भए । ग्रीनफिल्डका सशान्त कार्कीले २१, काठमाडौं जेभियरका सुजनले १२, निम्सका सरोज लामिछानेले आठ, एचएचसीएका पवन मगरले ११ र बौद्ध चिल्ड्रेनका रशिम थापामगरले १४ स्कोर गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?