प्रणव र प्रदीप सेमिफाइनलमा

Read Time = 4 mins

काठमाडौं । प्रदीप खड्का र प्रणव खनालले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फ सेमिफाइनलमा स्थान बनाउनुभएको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा बिहीबार प्रदीपले सौगात विकेलाई ६-३ र ६-४ ले हराएर अन्तिम चारमा स्थान पक्का गर्नुभएको हो ।

प्रणवले गौरव प्रताव सिंहलाई ६-० र ६-० ले हराएर सेमिफाइनलमा स्थान बनाउनुभएको छ । पुरुष एकलतर्फ नै निशन श्रेष्ठले निहल जंगबहादुर थापालाई ६-१, ४-६ र ६-३ ले हराएर अन्तिम चारमा स्थान बनाउनुभएको छ । यस्तै ऋतिक रानाले प्रणव मानन्धरलाई ६-३ र ६-४ ले हराएर सेमिफाइनलमा स्थान बनाउनुभएको हो ।

महिला एकलतर्फ सुनीरा थापा, ईशा डोल्कर गुरुङ र शर्भानी श्रेष्ठले सेमिफाइनलमा स्थान बनाउनुभएको छ । सुनीराले क्वार्टरफाइनलमा ६-१ र ६-० ले हराउँदा ईशाले अद्या पौडेललाई ७-६ र ६-३ ले पराजित गर्नुभयो । शर्भालीले भगवती विकबाट वाक्ओभर पाउनुभयो ।

पुरुषको ३५ वर्षमाथिको एकलमा जितेन्द्र परियार कमल भण्डारीले फाइनलमा स्थान बनाउनुभएको छ । सेमिफाइनलमा जितेन्द्रले सिमान्त गुरुङलाई ६-३ र ६-१ ले पराजित गर्दा कमलले सन्तोष कार्कीलाई ६-४ र ६-४ ले पराजित गर्नुभयो । पुरुषको ४५ वर्षमाथिको एकलमा महेश श्रेष्ठ र विमल कुमार गुरुङले उपाधि भिडन्त पक्का गर्नुभएको छ । महेशले रोहित सुनुवारलाई ६-३ र ६-४ ले हराउँदा विमलले मनोज विक्रम शाहलाई ६-४ र ६-० ले पराजित गर्नुभयो ।

पुरुषकै ५५ वर्षमाथि एकलमा उत्तमकुमार लामा र विमलकुमार गुरुङले फाइनलमा स्थान बनाउनुभएको छ । विमलले जीवन घिमिरेलाई ६-३ र ६-४ तथा उत्तमले निरञ्जनकुमार श्रेष्ठलाई ६-३ र ६-४ ले हराउनुभयो । पुरुषको ६५ वर्षमाथि एकलमा विदुर विष्टले हर्कबहादुर गुरुङलाई ४-२ र ४-० ले हराएर फाइनलमा स्थान बनाउनुभयो । ज्ञानेन्द्रमान ताम्राकारले भरत रायमाझीबाट वाक्ओभर पाएर फाइनलमा पुग्नुभयो । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा जारी प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भइरहेको छ । तेस्रो संस्करणको चन्द्रागिरि वडास्तरीय फुटसल प्रतियोगिता हुँदै चन्द्रागिरि नगरपालिका वडाकप फुटसल प्रतियोगिता यही कात्तिक २५ र २६ गते मत्स्य फुटसल एरिना मच्छेगाउँमा आयोजना हुने भएको छ ।

वेष्टर्न युनाइटेड क्लबद्वारा आयोजित तेस्रो संस्करणको सो प्रतियोगितामा नगरभित्रका १५ वडाका २२ टिमबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः ८० हजार रुपैयाँ र ४० हजार रुपैयाँसहित ट्रफी र पदक र अन्य पाँच विधामा उत्कृष्ट हुनेलाई पाँच हजार रुपैयाँसहित पदक प्रदान गरिनेछ । ती विधामा उत्कृष्ट टिम, खेलाडी, गोलकर्ता र किपर छन् । प्रतियोगिताको मुख्य प्रायोजन चन्द्रागिरि नगरपालिकाले गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?