काठमाडौं । नेपालले बंगलादेशमा आयोजना भएको साफ यु-१५ महिला च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । ढाकामा शुक्रबार डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग एक-एक गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो ।
रोमाञ्चक खेलमा सुरुवाती अग्रता भने नेपालले बनाएको थियो । खेलको १४औं मिनेटमा सुशीला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । तर, खेलको ५४औं मिनेटमा रुमाले गोल गर्दै बंगलादेशलाई एक-एक गोलको बराबरीमा ल्याउनुभयो ।
त्यसपछि खेलको ८९औं मिनेटमा बंगलादेशले पेनाल्टी प्राप्त गर्यो । तर, बंगलादेशक्की बिबी रिताको पेनाल्टी नेपालका गोलकिपर सुजाता तामाङले उत्कृष्ट बचाउ गर्नुभयो । बराबरीसँगै नेपालले चार खेलमा अपराजित रहदै १० अंक जोड्यो । र, शीर्ष स्थानमा रहँदै नेपालले उपाधि उचालेको हो । बंगलादेश चार खेलमा सात अंक जोडेर उपविजेता बन्यो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका