नयाँदिल्ली । भारतीय सर्वोच्च अदालतले शुक्रबार राजीव गान्धीको हत्यामा संलग्न ६ जनालाई पूरा सजाय भुक्तान नहुँदै रिहा गर्ने आदेश दिएको छ । अदालतले नालिनी श्रीहर, रोबर्ट पाइस, रविचन्द्रन, सुथेनथिरा राजा, सन्थन श्रीहरण, मुरुगन र जयकुमारलाई रिहा गर्ने आदेश दिएको हो । अदालतले उनीहरूलाई अन्य कुनै मुद्दामा कैद गर्नु नपर्ने भए रिहा गर्नुपर्ने आदेश दिएको छ ।
तामिलनाडुको सरकारले गान्धीको हत्यामा संलग्नहरूलाई छोड्ने घोषणा गरेको थियो । तर, त्यहाँका गभर्नरले सो निर्णय कार्यान्वयन गरेका भने थिएनन् । दोषीहरूले तीन दशकभन्दा बढी समय जेलमा बिताइसकेका र जेलमा उनीहरूको आचरण सन्तोषजनक रहेको उल्लेख गर्दै अदालतले यस्तो फैसला गरेको हो ।
राजीव गान्धीको हत्या आत्मघाती बम विस्फोटमा २१ मे १९९१ मा भारतको तामिलनाडुको श्रीपेरुम्बुदुरमा भएको भएको थियो । जसमा गान्धीका साथसाथै अन्य १४ जनाको मृत्यु भएको थियो । १९९८ मा टाडा अदालतले यी ६ जनासहित २५ जनालाई मृत्युदण्डको सजाय सुनाएको थियो भने १९ जनालाई सर्वोच्चले सफाइ दिएको थियो ।
मृत्युदण्ड सुनाइएका बाँकीलाई सर्वोच्चले सजाय परिवर्तन गर्दै आजीवन कारावासको सजाय गरेको थियो । पूर्णरूपमा सजाय भुक्तान नहुँदै सर्वोच्चले उनीहरूलाई तीन दशक जेलजीवन बिताएको र जेलमा सन्तोषजनक आचरण देखाएको भन्दै रिहा गरेको छ । एजेन्सी ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका