बिहेको खबर हल्लामात्रै : मलाइका

Read Time = 2 mins

मुम्बई । बलिउडमा अभिनेत्री मलाइका अरोरा र अभिनेता अर्जुन कपुरको बिहेको खबर अहिले चर्चामा छ । बिहीबार मलाइकाले एक पोस्ट सेयर गरेपछि दुवैले छिट्टै विवाह गर्ने खबर चर्चामा आएको हो । तर, अब मलाइकाले यो पोस्टको पछाडिको कारण खुलासा गर्नुभएको छ, जुन न त अर्जुन कपुरसँग सम्बन्धित छ न त उहाँले विवाहका लागि ‘हो’ भन्नुभएको छ । यद्यपि, त्यहाँ एक विषय छ जसका लागि उहाँ सहमत हुनुभएको छ ।

अहिले उहाँले पोस्ट सेयर गरेर यसबारे जानकारी दिनुभएको छ । वास्तवमा मलाइका अरोराले केही समयअघि आफ्नो इन्स्टाग्राम अकाउन्टमा भएको एक पोस्ट सेयर गर्नुभएको थियो । यसमा उहाँले आफू डिज्नी प्लस हटस्टारसँग आफ्नो रियालिटी शो ‘मुभिङ विथ मलाइका’ लिएर आउँदै गरेको बताउनुभएको छ । मलाइकाले लेख्नुभएको छ, ‘मैले डिज्नी प्लस हटस्टारसँगको मेरो नयाँ रियालिटी शोमा हो भनेकी छु ।’ शो डिसेम्बर ५ गतेदेखि प्रशारण हुने बताइएको छ ।

सलमानको भाइ अरबाजसँग अलग भएपछि मलाइका र अर्जुनलाई पटक-पटक भारतीय मिडियाले एकसाथ समय बिताएको भेट्टाएका थिए । उहाँहरूले सम्बन्धलाई न खुलेआम स्वीकार्नुभएको छ न त अस्वीकार नै ।

मलाइका र अरबाज सन् २०१६ मा अलग हुनुभएको थियो । जब मलाइकालाई सोधिएको थियो कि उहाँले कसरी सम्बन्ध व्यवस्थापन गर्नुभयो ? उहाँले भन्नुभएको थियो, ‘मेरा साथी, परिवार र योगाले गर्दा मलाई त्यो समयमा यी कुरा दिए ।’ एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?