सुदूरपश्चिममा लगानी गर्न एनआरएनएलाई आग्रह

Read Time = 3 mins

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेश लगानीका लागि निकै उपयुक्त रहेको भन्दै लगानी गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई आग्रह गर्नुभएको छ । एनआरएनएका कार्यकारी अध्यक्ष रविना थापासँग उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

बिहीबार मुख्यमन्त्री भट्टसँग धनगढीमा भएको भेटमा कार्यकारी अध्यक्ष थापाले एनआरएनए पनि स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभयोे । प्रदेश सरकारले अघि सारेका परियोजनामा लगानी गर्न एनआरएनएहरू इच्छुक रहेको उहाँको भनाइ थियो । सोही क्रममा अध्यक्ष थापाले प्रदेश प्रमुख देवराज जोशीसँग पनि भेट गर्नुभएको थियो । सो अवसरमा एनआरएनए उपाध्यक्ष नरेन्द्र भाटको समेत उपस्थिति रहेको थियो ।

साथै अध्यक्ष थापाले धनगढीमा रहेका कमैया मुक्त बालबालिकाको समस्याबारेमा पनि छलफल गर्नुभयो भने कञ्चनपुरस्थित जनभावना आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीसँग भेटघाट गर्नुभयो ।

भेटमा विद्यालयका प्रधानाध्यापक पुष्प भट्टले बालबालिकाको गुणस्तरीय शिक्षाका लागि विभिन्न चुनौती रहेको गुनासो गर्नुभयो । अध्यक्ष थापाले भने एनआरएनएले मुख्यरूपमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर गतिविधि सञ्चालन गर्ने भन्दै आगामी दिनमा बालबालिकाको शिक्षाका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको एनआरएनएले जनाएको छ । डोटीका भूकम्पपीडितलाई एनआरएनएले आर्थिक सहयोग गर्ने भएको छ ।

डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँमा छजनाको मृत्यु, आठजना घाइते भएका छन् । २८ घरपरिवार विस्थापित भएको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी जिल्ला प्रशासन कार्यालय डोटीले गराएको छ । तीमध्ये १४ घर पूर्ण क्षति भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?