वार्षिकोत्सवका अवसरमा फुडमाण्डुको अफर

Read Time = 2 mins

काठमाडौं । फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्नो १२औँ वार्षिकोत्सवका अवसरमा ग्राहक अफर ल्याएको छ । कम्पनीले एक दिनका लागि विशेष वार्षिकोत्सव छुटअन्तर्गत १२ प्रतिशत छुटको कुपन कोड सार्वजनिक गरेको छ । प्रमुख आकर्षणमा १२ दिनका लागि शहरका सबैभन्दा राम्रा ठाउँबाट मात्र १२ रुपैयाँमा पाइने विभिन्न खाना र कम्तीमा ४० प्रतिशत बचत गर्न सकिने १२ सय रुपैयाँको कम्बो खाना रहेका छन् । साथै ग्राहकले कारोबारका क्रममा डिजिटल भुक्तानी गरी १२ प्रतिशत अर्थात् बढीमा एक सय २० रुपैयाँसम्म थप छुट पाउन सक्नेछन् ।

डिजिटल भुक्तानीका लागि आइएमई पे, खल्ती, कनेक्ट आइपिएस र फोनपे जस्ता सबै प्रमुख डिजिटल भुक्तानी सेवा प्रदायक प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । अफर नोभेम्बर २२ सम्म कायम हुने बताइएको छ । कम्पनीले हाल काठमाडौं, ललितपुर, कीर्तिपुर, भक्तपुर र पोखरामा चार लाखभन्दा बढी ग्राहकलाई आठ सयभन्दा बढी रेस्टुरेन्टबाट सेवा प्रदान गर्दै आएको कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?