समृद्धिको २१औँ वार्षिकोत्सव

Read Time = 2 mins

काठमाडौं । समृद्धि फाइनान्सले विभिन्न कार्यक्रम गरी २१ औँ वार्षिकोत्सव मनाएको छ । सो अवसरमा कम्पनीले समृद्धि फाइनान्स नेसनल (भेट्रान) चेस च्याम्पियन-२०२२ को मुख्य प्रायोजक भई कात्तिक १९ गतेदेखि २१ गतेसम्म कार्यक्रम आयोजना गरेको थियोे ।

कम्पनीका अध्यक्ष ठाकुरप्रसाद भट्टराईको अध्यक्षतामा आयोजित वार्षिकोत्सवका अवसरमा कम्पनीले लोभलाग्दो ब्याज खाता सार्वजनिक गरेको छ भने १० वर्षभन्दा पुराना चारजना कर्मचारीलाई दीर्घसेवा पदकसहित सम्मान गरेको छ । कम्पनीले सबै शाखाका कर्मचारीमध्ये दिएको लक्ष्य पूरा गर्ने १३ जना कर्मचारीलाई सम्मान प्रदान गरेको हो ।

त्यसैगरी कम्पनीले संस्थाका सबै शाखाका ऋणीमध्ये १० उत्कृष्ट ऋणीलाई पनि सम्मान प्रदान गरेको कम्पनीका कामु मुख्य व्यवसाय प्रवद्र्धन अधिकृत सुरजकुमार सर्राफले जानकारी दिनुभयो ।

त्यस्तै, कम्पनीले लोभलाग्दो ब्याज खातामा उत्कृष्ट चारवटा खाता सार्वजनिक गरेको छ । लोभलाग्दो ब्याज खातामा अधिकतम् १० प्रतिशत ब्याज भएको नागरिक बचत खाता, तीनमहिने मुद्दती निक्षेपमा १३.२० प्रतिशत रहेको खाता, कल खातामा ४.५ प्रतिशत ब्याज रहेको खाता र समृद्घि डबल धमाका, तेब्बर धमाका, पाँच गुणा र आठ गुणाको मुद्दती खाता रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?