नेपाल डिष्टिलरिजलाई आइएसओ

Read Time = 2 mins

काठमाडौं । खुकुरी रम उत्पादक दि नेपाल डिष्टिलरिज प्रालिले ‘आइएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीले हालै उत्पादन तथा कार्य प्रणालीको गुणस्तरीयता मापन गर्ने विश्वकै एक स्वतन्त्र मान्यताप्राप्त प्रमाणीकरण निकाय डिएनवाई (युकेएएस) बाट उक्त प्रमाणपत्र प्राप्त गरेको हो । कम्पनीले स्थापनाकालदेखि नै गुणस्तर र ग्राहकको सन्तुष्टिका लागि आफ्ना उत्पादनमा निरन्तर सुधार र आन्तरिक व्यवस्थापन प्रणालीलाई पनि चुस्त, दुरुस्त र समयसापेक्ष बनाउँदै आएको जनाएको छ ।

आइएसओ प्रमाणपत्र गुणस्तर व्यवस्थापन प्रणालीको प्रभावकारी र कुशल कार्यान्वयनतर्फ कम्पनीको प्रतिबद्धता, आफ्ना उत्पादन, सेवा र आन्तरिक प्रक्रिया प्रणालीमा निरन्तर सुधारमार्फत् ग्राहकको सन्तुष्टिमा गरेको महत्वपूर्ण देनको प्रतिफल भएको कम्पनीले जनाएको छ ।

कम्पनीका महाप्रबन्धक सुभास लामिछानेले भन्नुभयो, ‘प्रतिष्ठित आइएसओ ९००१ः२०१५ को प्रमाणपत्र पाएकोमा हामीलाई गौरव महसुस भएको छ । यसको सम्पूर्ण श्रेय टिम र यसबाट भएको सामूहिक प्रयासलाई जान्छ । यस अवसरमा आगामी दिनमा समेत हामी हाम्रा उत्पादनको गुणस्तर र आन्तरिक कार्य प्रणालीसमेत अझ आधुनिक र वैज्ञानिक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ ।’ कम्पनीले खुकुरी ब्राण्डअन्तर्गत ‘खुकुरी ट्रिपल एक्स रम’, ‘खुकुरी स्पाइस्ड रम’, ‘खुकुरी हृवाइट रम’ र ‘खुकुरी कोरोनेसन रम’ उत्पादन गर्दै आएको छ । पछिल्लोपटक कम्पनीले नयाँ ब्राण्ड ‘न्युड भोड्का’ पनि बजारमा ल्याएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?