ओलीका कारण संविधान धरापमा परेपछि गठबन्धन : प्रचण्ड

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान लोकतन्त्र विरोधीहरूबाट धरापमा परेपछि संविधान पक्षधरहरू एकै ठाउमा उभिएको बताउनुभएको छ ।

आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भोट माग्न दुई दिनदेखि गोरखामा रहनुभएका प्रचण्डले सिरानचोक गाउँपालिकाको नयाँसाँघुमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै संविधानको रक्षाका लागि वर्तमान वाम लोकतान्त्रिक गठबन्धन बनाउनु परेको बताउनुभएको हो ।

उहाँले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टी एकता, संविधान र जनताप्रति इमानदार नदेखिएको आरोप पनि लगाउनुभयो । ओलीकै कारण संविधान धरापमा परेको उहाँको भनाइ थियो ।

प्रचण्डले नेपाली कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका पार्टीको सशक्त आन्दोलनले मात्र प्रतिक्रान्ति टरेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?