एमालेसँग सहकार्य गर्ने दललाई मात्र जनताले भोट दिन्छन् : ओली

हिमालय टाइम्स
Read Time = 2 mins

धरान । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र एमालेसँग सहकार्य गर्ने दललाई मात्र जनताले भोट दिने बताउनुभएको छ । एमाले-जसपा संयुक्त कार्यकर्ता भेलालाई धरानमा शुक्रबार सम्बोधन गर्दै उहाँले पार्टी निर्णयविरुद्ध उठेर स्वतन्त्र भएकालाई एमालेका मतदाताले भोट नदिने पनि प्रष्ट पार्नुभयो । ‘पार्टीले अन्त्यमा गएर समर्थन गर्छ कि भन्ने भ्रम नपाल्नुहोला,’ सुनसरी क्षेत्र नम्बर १ मा एमालेबाट बागी उम्मेदवारी दिएका उम्मेदवारप्रति लक्षित गर्दै ओलीले भन्नुभयो, ‘समयमा काम गर भन्दा नगर्ने, समयमा उम्मेदवार हौ भन्दा नहुने अनि दिँदाखेरि नखाने राति उठेर कोल चाट्ने ?’

दलीय व्यवस्था, लोकतन्त्र र प्रजातन्त्रविरुद्ध षड्यन्त्रस्वरूप स्वतन्त्र अभियान चलाइएको उहाँको भनाइ थियो । उनले स्वतन्त्र अभियानलाई दलीय व्यवस्थाविरोधी अभियानका रूपमा परिभाषित गर्नुभयो ।

ओलीले पार्टी कार्यकर्तालाई मतपेटिकाको रक्षा गर्न र मतदातालाई मतदान शिक्षा दिन निर्देशन पनि दिनुभयो । उहाँले एमाले छाडेर अशोक राईले सम्भावना समाप्त पारे पनि एमालेसँग मिलेपछि पुनः सम्भावना सुरु भएको बताउनुभयो । उहाँले अशोक राईलाई विजयी बनाएर पठाए धरानको समग्र विकास हुने उल्लेख गर्नुभयो । ओलीले मंसिर ४ गतेपछि बन्ने एमालेको सरकारमा अशोक राई पुनः मन्त्री बन्ने संकेत पनि गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?