बी पाण्डेका ‘मेरा सय गीतहरू’सँगै गुनगुनाउँदा

दुई दशकदेखि गीत लेखनमा सक्रिय सर्जक बी.पाण्डेले आफ्ना गीतहरूको सङ्ग्रह ‘मेरा सय गीतहरू’लिएर पाठकमाझ आउनुभएको छ । नुवाकोट, शिखरबेसी स्थायी घर भई देशकै राजधानी काठमाडौंलाई कर्मथलो बनाएर गीत लेखनमा सक्रिय पाण्डे आफ्नै राजमार्ग बनाएर कुदिरहनु भएको छ । उहाँको थुप्रै गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् । ‘शंका नगर मेरो मायामा’, ‘बनकी चरी के भन्छे के ?’, ‘पहिले दिल साट्ने कुरा भो’ लगायतका दर्जनौं हिट गीत नेपाली संगीत क्षेत्रमा पस्किनुभएका पाण्डे गीत संगीत क्षेत्रका विभिन्न संघसंस्थामा पनि रहेर यस क्षेत्रको श्रृविद्धिमा आफूलाई तल्लिन बनाइ रहनुभएको छ ।

एबिसी पब्लिकेसनले बजारमा ल्याएको ‘मेरा सय गीतहरू’ पुस्तक गीतकार पाण्डेले आफ्ना स्वर्गीय पिता निमप्रसाद पाण्डेप्रति समर्पित गर्नुभएको छ । स्टार डिजाइन एण्ड प्रिन्टको आवरण कला रहेको यो पुस्तक नेपाल मेघा प्रिन्टिङ हाउसमा मुद्रण गरिएको हो । ११४ पृष्ठको यस कृतिको मूल्य साधारण १५५ र विशेष २५० रुपैयाँ राखिएको छ । कृतिमा वरिष्ठ गीतकार एकनारायण भण्डारी, गीतकार संघका अध्यक्ष शुभ मुकारुङ, सङ्गीत रोयल्टी सङ्कलन समाज नेपालका अध्यक्ष महेशकुमार खड्का र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष तथा गीतकार रमेश बिजीको शुभकामना भनाइ समेटिएको कृतिमा एबिसी पुस्तक भवनका प्रबन्ध निर्देशक माधव शर्माको प्रकाशकीय राखिएको छ । वरिष्ठ गीतकार प्रा.डा.कृष्णहरि बरालको भूमिका रहेको कृतिमा स्रष्टा पाण्डेले ‘म’(मन्तव्य)मा आफूना कुराहरू विस्तृतमा राख्नुभएको छ ।

पाण्डेजीको प्रेमको संयोगभाव भएका गीतमा मायालुको रूप गुण तथा हाउभाउ कटाक्षको वर्णन पाइन्छ’, प्रा.डा.कृष्णहरि बराल आफ्नो भूमिकामा भन्नुहुन्छ । गीतकार पाण्डे आफ्नो पुस्तकले समाजका विभिन्न क्षेत्रसँग गीतसङ्गीत क्षेत्रलाई जोड्न चाहेको बताउनुहुन्छ ।

‘खाएको कसम’ गीतबाट कृतिको दैलो उर्घानुभएका पाण्डेले ‘कुन रङ्गको कुरा’बाट मैजारो गर्नुभएको छ । यसमा एउटा कुरा, सुनिरहूँ लाग्छ, मलाई यो, दशैँ आयो, बल्ल माया, पहिले दिल, एउटा कुरा दुई चुल्ढी, गहुँगोरो, उसले आफ्नो, पिरतीमा जित, तिमीलाई पाउन, माया मारेर, बाटो काटिएला, आउँदानी तिम्रो, मन साटिन्छ, एक पल मुटुमा, पिरतीको भागबण्डामा, मलाई हेर्दै टोलायौ, तिमीले माया मारेर, आजभोलि, केही हाँसो–खुशी, फूल भइयो, जुन मायाको कुराले, हाँसेर पनि नजरभरि, तिमीलाई सधैँ, आफ्नो बनेर खु्ट्टा, यति धेरै दुःख बोकी, हाँसू भने हाँसो छैन, आधा माया उनको, तिमी त मेरो, नचिनेको एउटा, मारे भन्दै तिम्रो, घाम भएर म, सजिलै छ फूलको, सुख एउटा पाटो, डाँडाकाँडा वन, मलाई आफ्नो भन्ने, दैव तेरो संसारमा, कहिले भन्छौं आउँछु, फिर्फिर्–फिर्फिर्, म तिमीलाई, पहाड चढेँ कहिले, रोइरहूँ झैँ लाग्छ, ऐना हेर्दा लाग्छ, तिमी छौँ कहाँ, एउटा मुटु उसैसँग, केश अनि ओँठभरि, मनमा माया जस्ता शीर्षकमा गीत प्रस्तुत गरिएको छ ।

यसैगरी, झिम्झिम् गर्ने, फूलको कुरा होस्, मैले हाँसेर बोले, जून दिन दिउँला, दुःख पर्दा, फाँटे कति, मुटु छोएर कसम, छ कसैको माया छ, भिरमा पनि फूलूँ, तिमी नआए, कोहीको माया, हाँसेर पिरती, चमेलीको फूल, तिमीलाई देखेदेखि, आज-भोलि सपनीमा, टाढा भयौ भनौँ, सधैँ–सधैँ आइरहने, बिर्सिसके भनेपछि, अजम्बरी होस माया, कसलाई आफ्नो, घाम डुबेपछि, आकाशमा तारा, कहिलेदेखि हिँड्न, लाखौँ तारा, खोलौँ दिलको ढोका, आधा भएर बसे, अरूलाई दुख्दा दुख्ने, वनमा काफल, आफैँसँग आफ्नो, मेरो खुशी तिम्लाई, निर्मोहीको बोलीमै, तिमी फूलहरूको, मेरो आँशु तिम्रो, एउटा मान्छे यस्तो, कहाँ दुख्छ माया, सुनको पैंचो सुनैले, शंका नगर मेरो, गोप्य मनको, धन बिरलाई धनकै, हिमाली भेगमा हिउँ, आधा-आधी यात्रा, म त हजुर भैगए, हाँस्न पनि लोभ, मलाई जस्तै बाँचा, दुई दिनको खेल, पराई भएर, तिमीलाई रिवन, सुन खानीमा, भेट त भैहाल्यो र कुन रङ्गको कुरा जस्ता शीर्षकमा पाण्डेले यस गीतिसङ्ग्रहमा गीत पस्किनुभएको छ ।
पाण्डेका गीतमा विविधता छ । उहाँले समाजका हरेक तह तप्का र परिवेशका गीत लेख्नुभएको छ । उहाँका गीत श्रोतको मन मष्तिकमा राजगर्न सफल भएका छन् ।

सुनिरहुँ लाग्छ मलाई बोली हजुरको
हेरिरहुँ लाग्छ मलाई चोली हजुरको
..........................
यसपालिको दशैँ त गाउमै मान्ने हो
यसपालिको तिहार त गाउँमै मान्ने हो
............................
सुख एउटा पाटो हजुर दुःख अर्कै पाटो रै’छ
बाँचुञ्जेल जिन्दगी यो गुजाराको बाटो रै’छ
......................
सुन्नुपर्छ सवका कुरा, बुझ्नुपर्छ चहिने जति
छोड्नुहुन्न जिन्दगीमा, लिनुपर्छ पाइने जति
....................
फाँटे कति, धुम्म कति, शिरको निलो गगनसरि
बर्खासरि पहिरो गयो, अभागीको जीवनभरि ।
.................
गीतकार पाण्डेका गीत देशका वरिष्ठ गायक गायिका देखि नयाँ प्रतिभाहरूका स्वरमा सजिएका छन् भने वरिष्ठदेखि धेरै सङ्गीतकारले सङ्गीत भर्नुभएको छ ।

‘यस सङ्ग्रहमा प्रेमको संयोग तथा वियोगभावको उपस्थिति छ छँदैछ । यसबाहेक देशभक्ति, साँस्कृतिक, मातृत्वबोध, सामाजिक विषयका साथै जीवनका महत्पूर्ण पक्षको प्रस्तुति पनि छ । पाण्डेजीको प्रेमको संयोगभाव भएका गीतमा मायालुको रुप गुण तथा हाउभाउ कटाक्षको वर्णन पाइन्छ’, प्रा.डा.कृष्णहरि बराल आफ्नो भूमिकामा भन्नुहुन्छ ।

गीतकार पाण्डे आफ्नो पुस्तकले समाजका विभिन्न क्षेत्रसँग गीतसङ्गीत क्षेत्रलाई जोड्न चाहेको बताउनुहुन्छ । चलचित्र ‘प्रसाद’ को सुपर हिट गीत ‘वनकी चरी के भन्छे’ का साथै शंका नगर मेरो मायामा, मन साटिन्छ उमेरैमा, सुनको पैंचो, जाली रुमाल, कसरी, खाएको कसम फिर्ता, एक पल मुटुमा, पिरतीमा जित हुन्न हार हुन्न, यो देश फेरि बन्छ, तिम्रो खुशी, कुरै बुझिन, पहिले दिल साट्ने कुरा भो, जस्ता पाण्डको एक से एक हिट गीतहरूले उहाँ यस क्षेत्रको एक अब्बल गीतकार भएको पुष्टि गर्दछ ।

गीत सङ्गीत क्षेत्रमा थुप्रै सम्मान तथा पुरस्कारहरू जित्न सफल स्रष्टा बि. पाण्डे अर्थात बद्री पाण्डेका आगामी दिनमा यस्तै–यस्तै सिर्जनाहरूको रसस्वादन गर्न पाइराखौं यही गीताकामना । तमसोमा ज्योर्तिगमय !

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?