राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान स्वदेश फर्किनुभएको छ ।

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ कार्यक्रममा सहभागी हुन २१ कात्तिकमा आइसल्याण्ड पुग्नुभएकी भण्डारी स्वदेशफर्किनुभएको हो ।

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले स्वागत गर्नुभएको थियो ।

भण्डारीले आइसल्याण्डको राजधानी रेक्याभिकमा आयोजना भएको ‘रेक्याभिक ग्लोबल फोरम’मा सम्बोधनसमेत गर्नुभएको थियो। उहाँले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’समेत ग्रहण गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?