मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

हिमालय टाइम्स
Read Time = 2 mins

सर्लाही । सर्लाहीको ईश्वरपुरमा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । गएराति ईश्वरपुर नगरपालिका-९, खोरिया टोलमा नम्बर नखुलेको मोटरसाइकल दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर सोही मोटरसाइकलका चालक चन्द्रनगर गाउँपालिका-६, का विजय मुखियाको ज्यान गएको जिल्ल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।

दुर्घटनामा परेका मुखियाको मुख, टाउकोलगायत शरीरको विभिन्न भागमा चोटलागेको थियो । उनलाई स्थानीयले गम्भीर अवस्थामा उद्धार गरी नजिकैको सिद्धिविनायक अस्पताल पुर्‍याएका थिए । अस्पताल पुग्ने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको हो ।

बयलवासबाट तीब्र गतिमा चन्द्रनगरको नाढिमैनतर्फ जाँदै गरेको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक जाँचबुझबाट खुलेको प्रहरीको भनाइ छ । घटनाको बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयाे ।

मृतक यूवकको शव प्रहरीले प्रादेशिक अस्पताल मलंगवामा परीक्षणपश्चात आफन्तको जिम्मा लगाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?