हिमाली जिल्ला हुम्लामा गठबन्धन भित्रको किचलोको फाइदा लिने दाउमा एमाले

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 14 mins

हुम्ला । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तीन दलीय गठबन्धनको तर्फबाट हुम्लाबाट प्रतिनिधिसभाका उम्मेदवार माओवादी केन्द्रका छिरिङ्ग दुम्दुल लामा (कार्चेन), नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री दलबहादुर रावल बिच रोचक प्रतिसपर्धा देखिने भएको छ ।

रावल २०७० सालमा दोस्रो संविधान सभा सदस्यमा आफ्नो प्रतिसप्रर्धि हालका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग पराजित हुनुभएको थियो । रावल २०७४ को हुम्ला निर्वाचन क्षेत्र “क” प्रदेशसभा सदस्यमाबाट विजयी हुनु भएको थियो । ५ हजार ३ सय १३ मतसहित उहाँ विजयी हुनु भएको थियो । उहाँका प्रतिस्पर्धी कांग्रेसका ठानबहादुर रोकायले ३ हजार एक सय १३ मत ल्याउनु भएको थियो । रावल विजयी भएर कर्णाली प्रदेशको तीनवर्ष सामाजिक विकास मन्त्री समेत चलाइ सक्नुभएको छ ।

अहिले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएर चुनावी प्रचारका साथ मैदानमा उत्रिनुभएको छ । तर, अहिले परिस्थिति फेरिएको छ । त्यसबेला नेकपा एमाले विभाजित भएको थिएन भने माओवादी केन्द्र पनि एमालेसँगको गठबन्धनमा थियो । अहिले भने एमाले फुटेर बनेको एकीकृत समाजवादी, माओवादी दुवै र कांग्रेस गरी हुम्लामा तीन दलीय गठबन्धनमा छन् । सोही कारण नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र साझा गठबन्धन दलको समर्थ पाएका माओवादीका उम्मेदवार लामालाई पन्छाएर जित निकाल्नु रावलका लागि सहज देखिदैन । गठबन्धनले गर्दा बरु लामा रावल भन्दा तुलनात्मक रूपमा बलिया प्रतिस्पर्धी रुपमा बनेका छन् ।

रावलले यो पटक आफुले प्रदेश सरकारमा भइरहदा बाँकी रहेका काम हुम्लीको समस्या नजिकबाट नियालेर अधुरा रहेकाले पूरा गर्नको लागि प्रतिनिधिसभाको उम्मेदवारी दिएको बताउनुभयो । तीनवर्ष प्रदेश सरकारको सामाजिक विकास मन्त्री भइरहदा आफुले हुम्लाको मात्रै नभएर प्रदेशका दशवटै जिल्लामा स्वास्थ्य, शिक्षा, सडक लगायतका क्षेत्रमा प्रत्येक्ष काम गरेको बताउनुभयो । आफु सरकारमा हुँदा २० वर्षसम्मका लागि छोरी विमा, स्वास्थ्य भवन निर्माण लगायतको काम गरेको बताउनुभयो ।

यो पटक यहाँका जनताले प्रतिनिधिसभा सदस्यमा आफुले बहुमतले जिताएमा दुई वर्षभित्र राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको सदरमुकाम सिमकोटलाई जोड्ने बताउनुभयो । रावलले यो पटकको चुनावी प्रचारमा सदरमुकामलाई सडकमा जोड्ने, तीन वर्षदेखि बन्द रहेको हिल्सा नाका खोल्ने, कवाडीदेखि हिल्सासम्म सडक छोएर गाडी गुडाउने आश्वासन दिनुभयो ।

छिरङ्ग दम्डुुल लामा (कार्चेन) राजनितिक जीवनदेखि पहिलो पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार दिनु भएको हो । छिरङ्ग दम्डुुल लामा (कार्चेन) कर्णाली प्रदेशका ६ महिनाको लागि गैर सांसदबाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बन्नुभएको थियो । लामा मन्त्री भएपछि उहाँको मुद्दा खारेजी भएको थियो । उहाँ पहिलोपटक प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार दिनुभएको छ । पहिलो पटकमा निर्वाचित हुँदै सांसद बन्ने उहाँको प्रयासलाई गठबन्धन दलहरुले सघाउने भएका छन् । तीन दशकभन्दा बढी समय कम्युनिस्ट आन्दोलनमा बिताउनु भएका लामा पूर्णकालीन राजनीतिमै सक्रिय भएको पनि दुई दशकभन्दा बढी भइसक्यो । लामा जिल्लाको माओवादी पार्टीका राजनीतिमा संस्थापक र स्थापित नेता हुनु हो । पूर्णकालीन राजनीतिक कार्यकर्ता भएर हुम्लामै कार्यक्षेत्र बनाएर करिब २ दशक बिताएको बताउनुभयो । कार्चेन भन्नुहुन्छ, ‘यहाँका हरेक समस्यासँग परिचित छु । हुम्लाको सम्भावनाबारेमा नजिकैबाट जानकार छु । जनताका पीर मर्का नजिकबाट नियालेको छु ।’ हुम्लालाई विकासको बाटोमा द्रूत गतिमा अघि बढाउन आफू प्रत्यक्षमा उम्मेदवार बनेको उहाँको भनाई छ । यातताय, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, सिँचाइ, जडिबुटीलगायतको विकास गर्ने तथा सार्वजनिक सेवा सुविधा सुधार गर्ने आफ्नो योजना रहेको थियो ।

हुम्लामा सडक नपुगेको जिल्ला हुम्ला हो । आफु विर्चाचित भईसकेपछि पहिलो प्रथामिकता सडक लाई एक नम्बरमा राख्ने बताउनुभयो । पर्यटन ,जटबुटी र जलस्रोतमा धनी जिल्ला हो । हाइड्रोसम्बन्धी योजनाहरू बनाउने योजनामा लाग्ने बताउनुभयो । जलस्रोतको विकासका लागि उपयुक्त वातावरण तयार पार्ने आफ्नो एजेन्डा रहेको उहाँ बताउँछन् । त्यस्तै हुम्लाका पर्यटकीय गन्तव्यको विकास गर्ने कुरालाई पनि कार्चेनले प्रमुखताका साथ अगाडि सारेका छन् । ’यहाँका महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको विकास गर्नुपर्नेछ । म सांसद बनेपछि कैलाश मनासरवर धार्मिक तथा पर्यटक भित्राउने त्यसलाई व्यवस्थित रूपमा अघि बढाउन पहल गर्छु,’ उहाँ भन्नुहुन्छ ।

हुम्लामा प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि जिल्लाको कुल मतदाताको संख्या ३२ हजार आठ सय ५७ रहेको निर्वाचन कार्यालय हुम्लाले जानकारी दिएको छ । पुरुष १७ हजार एक सय २८ र महिला१५ हजार सात सय २९ रहेको छ ।
हुम्लाका मतदाता भने यो पटकको निर्वाचनमा युवा र नयाँको अनुहार नदेखिदा त्यति सन्तुष्ट भने देखिदैनन् । लामा राजनितीक काल देखि उहि पुरानै नेता र पुरानै शैलीको आश्वसनले दिक्क लागिसकेको सिमकोट दुईका कर्ण बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आफुले थाहा पाएदेखि हुम्लालाई दुर्गम भनेर चिनाउने खाली सडक, स्वास्थ्य, शिक्षा र रोजगारीलाई पहिलो प्रथामिकतामा राख्ने जितेर गएपछि काम नगर्ने चलन छ ।” यो पटक गाउँमा आएका उम्मेदवार प्रति जनताले चासो विगतको जस्तो नदिएको उहाँको भनाई थियो । जो नेता आएपनि चुनावको समय हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा मात्रै जोड्ने आश्वसन दिने तर अहिलेसम्म कोही कसैले पुर्याउन नसकेको बोहराको गुनासो थियो । सडकले नछुदा हुम्लीले महंगो हवाई भाडा तिरेर जिल्ला जानुपर्ने बाधयता । सुविधासम्पन्न अस्पताल नहुँदा सुत्केरी, गर्भवती लगायत अन्य रोगका विरामीले अकालमै ज्यान गुमाउनुपरेको छ । उपचार गर्न पनि जिल्ला बाहिर जादा खर्च बढी लाग्ने गर्छ । कम आएश्रोत भएका गरिब नागरीकलाई रोग लागेमा थप समस्या निस्किन्छ । यस्तै यहाँका बालबालिकाले नयाँ शैक्षिक शत्रसुरु भएदेखि परिक्षा सकिदासम्म हात पाठ्यपुस्तक नपाउने गरेको समस्या नयाँ भने होइन् । यो वर्ष पनि अधिकांस जिल्लका विद्यालयमा विद्यार्थीले पुस्तक नपाएको गुनासो गरेका छन्।

यस्तै प्रदेशसभा सदस्यमा बहालवाला मुख्यमन्त्री जीवन बहादुर शाही र २०७४ सालमा सबैलाई छक्क पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका छक्कबहादुर लामाको कडा प्रतिशपर्धा देखिने भएको छ । शाही र लामा हुम्लाको राजनीतिको लागि बादशाह जस्तै मानिदै आउनु भएको छ । उहाँहरु दुबैजनाले हुम्ली जनताको आनबानी बुझिसक्नुभएको छ । २०४६ सालबाट राजनीतिमा लागेका शाही २०५५ सालमा जिल्ला विकास समितीको सभापति समेत हुनु भएको थियो भने २०७० सालमा २०७० सालको दोश्रो संविधानसभा निर्बाचनमा बिजयी भएर २०७३ सालमा उहाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र खानेपानी मन्त्री समेत बन्नुभएको थियो । शाही कर्णालीमा बौद्धिक छवि भएका नेताका रुपमा चिनिनु हुन्छ । २०७४ सालमा बामगठबन्धलाई पछि पार्दै हुम्ला निर्वाचन प्रदेश ख बाट निर्वाचीत भएर कांग्रेस कर्णालीको प्रत्यक्ष एक्ला निर्वाचीत मुख्यमन्त्री हुनु हुन्छ ।

दुवै जनाले उम्मेदारले जित आफ्नो पोल्टामा कसरी पार्ने भनेर गम्भिर रणनिति साथ योजना बनाइ रहनुभएको छ । स्थानीय तहको चुनाव यता पार्टी प्रवेश हुम्लाको राजनीतिक उतारचढाव भएका कारण पनि यस क्षेत्रलाई एकदमै महत्वका साथ हेरिएको छ ।

लामाले भने २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सबैलाई छक्क पार्दै स्वतन्त्रबाट विजयी हुनुभएका छक्कबहादुर लामा यो पटक हुम्ला निर्वाचन क्षेत्र प्रदेशसभा ख बाट उम्मेदवराी दिनु भएको छ । उहाँ दुई महिना अगाडी माओवादीबाट एमाले प्रवेश गरेर प्रदेशसभा सदस्यको उम्मेदवार बन्नुभएको हो । तत्कालिन जनमोर्चाको तर्फबाट उम्मेदवार भएर २०४८ सालमा चक्रबहादुर शाहीलाई ८ मतले पराजित गर्नुभएको थियो । भने राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनक काल २०६१ मा स्थानीय विकास सहायक राज्यमन्त्री र पछि भौतिक योजना तथा निर्माण राज्य मन्त्रीको समेत भूमिका निर्वाह गरिसक्नुभएको छ । २०७० को संविधानसभाको दोस्रो निर्वाचनमा तत्कालिन नेकपा माओवादीका तर्फबाट उम्मेदवार बन्नुभएका लामा पार्टीभित्रकै असहयोगका कारण मुख्यमन्त्री जीवनबहादुर शाहीसँग पराजित हुनु भएको थियो भने २०७४ सालको निर्वाचनमा स्वतन्त्रबाट विजयी हासिल गर्नुभएको थियो ।

यस्तै प्रदेश क मा माओवादी कांग्रेसको गठबन्धनबाट रणसिंह परियार चुनावी मैदानमा उत्रिनुभएको छ भने एमालेबाट दल फडेरा होमिनु भएको छ । प्रदेश क समेत निकै रोचकका साथ हेरिएको छ । सत्तागठबन्धनकै मंगलबहादुर शाही र हस्त शाहीले बागी उम्मेदवारी दिएर गाउँघरमा चुवानी प्रचारमा गएपछि गठबन्धलाई धक्का पुग्ने देखिएको हो । गठबन्धनबाट बागी दिनुभएका मंगल बहादुर शाही पनि बलियो उम्मेदवार हुनु हो ।

प्रदेशसभा निर्वाचन क्षेत्र क मा १८ हजार आठ सय ३० मतदाता रहेका छन् । जसमा पुरुष नौ हजार चार र महिला नौ हजार २६ रहेका छन् । भने प्रदेश निर्वाचन ख मा १४ हजार २७ मतदाता रहेको निर्वाचन कार्यालय हुम्लाले जनाएको छ । जसमा पुरुष सात हजार तीन सय २४ र महिला ६ हजार सात सय ३ जना रहेको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?