आगामी निर्वाचनपछि गगन थापा प्रधानमन्त्री बन्छन् : स्वर्णिम वाग्ले

हिमालय टाइम्स
Read Time = 10 mins

काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि प्रधानमन्त्री बन्ने दाबी गर्नुभएको छ ।

नेपाली काँग्रेसको निकट रहेर चुनावी प्रचारमा जुट्नुभएका अर्थविद् वाग्लेले मुलुकको प्रधानमन्त्री बन्नका लागि थापा सक्षम र तयार रहेको पनि पटकपटक दोहो¥याउनु भयो । शनिवार काठमाडौं क्षेत्र नम्बर ४ को एक कार्यक्रममा बोल्दै उहाँले थापालाई प्रधानमन्त्री बनाउनका लागि जिताएर पठाउन पनि स्थानीय मतदातालाई आह्वान गर्नुभयो । अर्थविद् वाग्लेले थापासँग प्रधानमन्त्री बन्ने भिजन र सोही अनुसारको आफूहरुजस्ता विज्ञहरुको टिम रहेकोसमेत खुलासा गर्नुभयो ।

थापाले कोभिड महामारीमा राजनेताको छवि बनाएको भन्दै उहाँलाई अगाडि बढाएर प्रधानमन्त्री बनाउन सके १० वर्ष भित्र मुलुकमा ठूलो परिवर्तन आउने विश्वाससमेत व्यक्त गर्नुभयो । अर्थविद् वाग्लेले थापाले ७ महिना स्वास्थ्यमन्त्री हुँदा मुलुकमा एकीकृत स्वास्थ्य नीतिको जग बसाएको र त्यसलाई कार्यान्वयन गरेर लैजाँदा हरेक नागरिकलाई विमाको माध्यामबाट स्वास्थ्य उपचार पाउने अवस्था रहेको पनि बताउनु भयो । थापा आन्दोलनबाट आएको नेता भएको उल्लेख गर्दै उहाँले नेता थापाकै नेतृत्वमा मुलुकको अवस्थामा पनि परिवर्तन गर्न सकिने बताउनु भयो । अब पुराना पुस्ताका नेताहरुको योगदानको सम्मान गर्दै नयाँ नेतृत्वबाट मुलुकलाई अघि बढाउन सबै लाग्नुपर्ने अर्थविद् वाग्लेको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘गगन थापा एउटा व्यक्ति । मैले संगठनको कुरा गरेँ । आर्थिक एजेण्डाका कुराहरु गरेँ । समन्यायिक समाज बनाउनका लागि पनि त्यो आर्थिक सामथ्र्य ठूलो हुुनुपर्छ भन्ने छ । यसपाली हामीले कोखदेखि शोकसम्म भनेर शिक्षा, स्वास्थ्यलगायत एकीकृत सामाजिक सुरक्षाको अवधारणाहरु पनि लिएर आएका छौं । कतिपयले यो छर्ने खालको भनेर आलोचना पनि गरेँ । त्यो बुझाईको कमी हो भन्ने मलाई लाग्दछ । गगन थापालाई मैले १५/१६ वर्ष अगाडि देखेको हुँ । उनी आन्दोलनबाट खारिएका आएका नेता हुन् । २०६२/०६३ को आन्दोलनमा गगन थापा, प्रदीप पौडेलहरुले नै विद्यार्थी आन्दोलनका थामेका हुन् । काठमाडौंका सडकहरु तताएका हुन् । त्यतिबेलाको आन्दोलनको अर्गमोर्चामा रहेर के का लागि भन्दाखेरी पहिला व्यवस्था परिवर्तन गरौं । त्यसपछि अवस्था परिवर्तन गर्नुपर्छ । जीवनस्तरलाई उकास्नका लागि आन्दोलन गरियो । प्रशव वेदनका साथ संविधान लेखनमा होमियौं । एक दशक लगाएर एक थान संविधान बनेको छ । अहिले नै यसलाई कमजोर बनाउनेतिर हामी नलागौं । केही गुनासाहरु छन् प्रदेश सरकारको हकमा । यो संविधान बोझिलो भयो । धान्न सकिन्छ कि सकिँदैन ? यसमा केही यथार्थहरु पनि छन् । केही भ्रम पनि छरिएको छ । तर, यो भद्दा खालको संरचनालाई नै हामीले चुस्त बनाउनुपर्नेछ । त्यसबारेमा पनि नेपाली काँग्रेसको संकल्प पत्रले सम्बोधन गरेको छ । यसलाई किफायती बनाउँछौं । तर समग्रमा फोहोर पोखरीलाई भित्रैबाट सफा गछौंं भनेर हामी त्यो पोखरीमा हाम फालेका छौं । अब हामीले अवस्था परिवर्तनको एजेण्डाका लागि नयाँ खालको पुराना नेताहरुलाई ससम्मान बिदाइ गर्ने, उहाँहरुले जहाँसम्म नेपाललाई लिएर आएर छोड्नुभएको छ । त्यसका निम्ति पनि धन्यवाद दिने र अवको नयाँ यात्रा चाँही नयाँ पुस्ताबाट नै ड्राइभ गर्ने खालको राजनीतिक प्रक्रियामा हामी गएका छौं । र, मलाई लाग्छ–गगन थापा, जो आन्दोलनबाट खारिएका व्यक्ति हुन् । उनलाई मैले २०६२/०६३ को टाईमदेखि नै चिनेको हुँ । पछि उनी सांसद भएपछि संसदीय कृषि समितिमा, जलस्रोत सम्बन्धि समितिमा बसेर यो पार्लियामेन्टको खास कामहरु भनेकै कमिटीहरुमा गर्ने हो । गुड ल र गुड संस्थाको जगमा मुलुकको समुन्नतिको यात्रा तय गर्ने भन्ने जुन विश्वले नै प्रमाणित गरिसकेको छ । विकसित मुलुकहरुले देखाएको बाटो यही नै हो । र, त्यो कृषिको कमिटीमा, जलस्रोतको कमिटीमा बसेर उनले गरेको तयारी, विज्ञहरुसँग सरसल्लाह लिएर कसरी नयाँ कुराहरु पस्किन सकिन्छ ? अहिले भइरहेका बेथिति र अड्चनहरु कसरी फुकाउन सकिन्छ भन्ने बारे जुन ग्राभिटीका साथ जुन गाम्भिर्यताका साथ उनले जे काम गर्दथे । त्यसले मलाई धेरै नै प्रभावित पारेपछि हामीले नेपाल बनाउन सकिन्छ, नेपाल बनाउनुपर्छ । त्यसका लागि युवाहरुको कोलियसन नै बनाऔं भनेर अघोषित रुपमा युवाहरुको एउटा एलाईन्स त्यतिखेरदेखि नै बनेको हो । उनी रेडी छन्, उनी तयार छन् । उनी क्वालिफाईड छन् । यो कुरा उनले छोटो समयमा म योजना आयोगको सदस्य, उपाध्यक्ष हुँदाखेरी उनले यो मुलुकलाई युनिफाईड हेल्थ सिस्टममा कसरी बाँध्न सकिन्छ भन्ने बारे यति गहिरो होमवर्क गरे । उनले बनाएको माष्टर प्लानमै मुलुक हिँडीरहेको छ । तर हाम्रो संकीर्ण राजनीतिले गर्दा कहिलेकहिले यो त गगन थापाले बनाएकाले अगाडि बढाउँदिन भनेर उनले चालेका कदमहरुलाई अगाडि नबढाउने काम पनि गरिएका छन् । गगन थापालाई फेरी मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री नै बनाउन सकियोभने सामाजिक सुरक्षाको प्रत्याभुतिले मूर्त आकार लिन्छ भन्ने मलाई लाग्दछ । अहिले भइराखेका विकृतिहरुलाई हामीले सुधार गर्ने र नेपाल जस्तो गरिव मुलुकले पनि धान्नसक्ने खालको सामाजिक सुरक्षाको एउटा आर्केटेक्चर हामीले बनाउँछौं । र, गगन थापाले केपी ओलीको निरंकुश सरकारलाई पनि संसदमा एक्लै उभिएर कोभिडकालमा उत्तरदायी बनाउने काम गरेँ । उनले त्यतिबेला स्टेटम्यानको भुमिका निर्वाह गरेँ । नेता त उनी स्थापित रुपमै भए । ३ चोटी सांसद भए । राजनेतामै आउने खालको झलक पनि उनले पछिल्ला दिनमा देखाएका छन् । मलाई लाग्छ–त्यस्तो नेतालाई क्षेत्र नम्बर ४ ले जिताएर पठाइदियो भने तपाईहरुले तुरुन्तै आफ्नै निकट भविष्यमा नै प्रधानमन्त्री पाउनुहुनेछ । उनको जुन भिजन छ, हामीहरुजस्ता मानिसहरुको टिम उहाँसँग छ । यसले अवको ५÷१० वर्ष भित्रमै देखिने गरी एउटा गति हामी ल्याउँछौं । हामी कहीँ बिक्दैनौं । हामीलाई कसैले किन्न सक्दैन । हामी कसैका गोटी बन्दैनौं । हामी आफैं सक्षम छौं । हामीसँग सवलीकरण, सक्षमताको एजेण्डा छ । यो कामको नेतृत्व गगन थापाले गर्दछन् । त्यसका लागि हामीले बल पु¥याई दिनुपर्दछ ।’

अर्थविद् थापाले नयाँ पुस्ता नआई मुलुकलाई समुन्नत बनाउनसक्ने अवस्था नभएको कुरालाई सबैले मनन गरेर अघि बढनुपर्नेसमेत बताउनु भयो । उहाँले युवा पुस्ताको परिचालन गरेर मुलुकलाई समृद्ध बनाउन सकिने बताउनु भयो ।

अर्थविद् वाग्लेले मुलुक पछि पर्नुमा राजनीति नै जिम्मेवार रहेको उल्लेख गर्दै त्यसलाई सुधार गर्दै लैजान पनि नयाँ पुस्ताले त्यसको नेतृत्व लिनुको विकल्प नरहेको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?