स्वयम्भूको जंगलमा बालिका बलात्कृत, एक जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ स्वयम्भू स्तुपा जंगलमा एक १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ सिद्धलेख गाउँपालिका-२ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका १५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरी रहेका छन् ।

उनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ । गिरीले ती बालिकालाई ललाई फकाई स्वयम्भू स्तुपा नजिकै जंगलमा लगेर बलात्कार गरेको प्रहरीले अनुसन्धानका क्रममा देखिएको जनाएको छ ।

बालिका बलात्कार भएको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?