बर्दिया । बर्दियामा वयस्क पाटेबाघ मृत अवस्थामा फेला परेको छ ।
जिल्लाको मधुवन नगरपालिका ८ मा रहेको गणेश शिवदुर्गा सामुदायिक बनमा एउटा मृत पाटेबाघ फेला परेको जिल्ला वन कार्यालय बर्दियाका सूचना अधिकारी द्रोणराज शर्माले जानकारी दिनु भयो ।
सामुदायिक वन भित्र बाघ मृत अवस्था वन हेरालुले देखेपछि जिल्ला वन कार्यालयमा खवर गरिएको थियो । मृत अवस्थामा फेला परेको जनावर बघेनि रहेको बताइएको छ ।
शनिवार विहान मृत अवस्थामा भेटिएको बाघको पोष्टमार्टमा बाघसंगको लडाइमा मृत्यु भएको र यो प्राकृतिक भएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका संरक्षण अधिकृत डा.रवीन कडरियाले बताउनु भयो । उहाँले भन्नुभयो – यो प्राकृतिक घटना नै यो बाघ र बघेनि यौन क्रिडाको वेला वा बघेनिसंग वच्चा भएको अवस्थामा यसरी लडाई हुने गरेको छ । सो सामुदायिक वनमा केही समय पहिले पनि एउटा बाघ मृत अवस्थामा फेला परेको थियो । सो बाघ पनि यस्तै प्रकृतिको घटनामा परेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच