Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

विकासको नमुना हेर्न अर्घाखाँची जाऔँ : रायमाझी

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins
A A- A+

रुपन्देही । नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेकपा एमालेले सरकारको नेतृत्व गर्दा गरेका सकारात्मक कामबाट अत्तालिएका पार्टीहरु गठबन्धन गरेर मोर्चाबन्दी गरेको आरोप लगाउनु भएको छ ।
सरकार बाहिर रहेको नेकपा एमाले बलियो भएकै कारण सरकारमा भएका दलहरु गठबन्धन गरेर चुनावमा जानुपर्ने अवस्था आएको नेता रायमाझीले बताउनु भयो।

शनिबार बुटवलमा नेकपा एमाले अर्घाखाँची रुपन्देही सम्पर्क मन्चले आयोजना गरेको कार्यक्रममा एमालेबाट अर्घाखाँचीको प्रतिनिधिसभा उम्मेदार रहेका नेता रायमाझीले देशको विकास र समृद्धिका लागि एमालेको नेतृत्व अपरिहार्य भएको वताउनु भयो। ‘प्रतिपक्षमा रहेको पार्टीविरुद्ध सरकारमा रहेका पार्टीहरुले गठबन्धन गरेर चुनावमा जानुपर्ने अवस्था विश्वकै राजनीतिमा सुनिएको छैन, यो भन्दा हरिबिजोग के हुन्छ ?, एमालेसँग एक्लाएक्लै चुनावमा गए अस्तित्व मेटिने त्रास बाहेक के हुन्छ ? तर हामीलाई कुनै डरत्रास छैन, जनताले कसले के काम गर्यो भनेर हिसाब गरेका छन्’– नेता रायमाझीले भन्नुभयोे ।

डेढ दशकअघि अर्घाखाँचीको विकासको अवस्था र अहिलेको अवस्थालाई जिल्लावासीले मूल्यांकन गरेको बताउँदै नेता रायमाझीले गठबन्धनविरुद्धको सन्देश स्थानीय तहको निर्वाचनमा दिइसकेको वताउनु भयो। उहाले भन्नुभयोे–‘अहिले हामीले मेहनत गरेका योजनामा अरुले नाम राखेर प्रचार गर्नुपर्ने अवस्था छ, त्यसको साटो यो डेढदशक हामी सरकार बाहिर रहेको समयमा किन काम हुन सकेन भनेर उनीहरुसँग कुनै जवाफ नै छैन, हामीले सुरु गरेका महत्वपूर्ण आयोजनाहरु रोक्ने काम भएको छ, अब तपाईहरु यो सन्देश लिएर गाउँमा आउनुहोस् । ’

स्थानीय तहको निर्वाचनमा अर्घाखाँचीबाट देशव्यापी सन्देश दिने काम भएको छ, अब गठबन्धन गरेर चुनावमा हामी बलियो छौं भनेर जनताले पताउनेवाला छैन, अरुबेला जिल्लामा नटेक्ने, विकासका काममा कुनै सरोकार नराख्ने, चुनावको बेला आएर चर्का कुरा गरेर कसैले पत्ताउनेवाला छैन– नेता रायमाझीले भन्नुभयो ।

जिल्लामा भौतिक विकाससँर्ग, कृषिको आधुनिकीकरण, व्यवस्थित बजारीकरण र खानेपानी तथा विद्युतको व्यवस्थापन, स्वास्थ्य र शिक्षाको व्यवस्थापन, बढ्दो बसाईसराई रोक्न दीर्घकालीन योजना र पर्यटन प्रवद्र्धन गर्ने दीर्घकालीन योजना पार्टीले योजना बनाएर लागेको उहाले बताउनु भयो ।

कार्यक्रममा प्रदेश सभा २ का उम्मेदार रामजी घिमिरे, समानुपातिक उम्मेदार बिजुला रायमाझी, एमाले अर्घाखाँचीका जिल्ला अध्यक्ष पिताम्बर भुसाललगायतले पार्टीले चुनावमा गरेका प्रतिद्धवतालाई पूरा गर्ने जनाउनु भयो । रुपन्देही आसपासमा अर्घाखाँचीबाट आएर बसोबास गरेका एमाले निकट विभिन्न क्षेत्रका व्यक्तिहरुसँग चुनावी प्रतिवद्धता तथा भेटघाट गरिएको अध्यक्ष डबल बिसीले वताउनु भयो।

 

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?