इनोभेटिभ क्वाटरफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । इनोभेटिभ आठौँ रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ । इनोभेटिभले लोक आदर्शलाई ६-२ ले पराजित गर्‍यो । इनोभेटिभको जितमा पूजा थापाले चार अंकको योगदान गर्नुभयो । गल्र्समै दियाको चार अंकको सहयोगमा न्यु भिजनले जेसेसलाई १६-४ ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्‍यो ।

जुनियर ब्वाइजमा भ्याली भ्युले ओसिसलाई ९-२ ले पन्छ्याउदै क्वाटरफाइनल यात्रा तय गर्‍यो । भ्याली भ्युका रोहित शर्माले ४ अंक जोड्नुभयो । सिनियर ब्वाइजमा पुष्पसदनले जुबिलियन्टलाई २६-१४, आयोजक रेडिअन्ट पब्लिकले रेडिअन्ट रिडर्सलाई ३८-१६, हार्टल्याण्डले हेम्सलाई ३६-२९ र जेनिथले द एक्सेल्सियरलाई ३६-७ ले पाखा लगाउँदै प्रिक्वाटरफाइनलमा स्थान बनायो । पुष्पसदनका मिलन कुँवरले १३, रेडिअन्ट पब्लिकका सुवास गौतमले १२, हार्टल्याण्डका प्रशान्त धामीले १५ र जेनिथका सुशिल शाहीले १७ स्कोर गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?