फुटसलको प्रि-क्वाटरफाइनल समीकरण पूरा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । दोस्रो संस्करणको कामना सेवा फुटसल कपको प्रि-क्वाटरफाइनल समीकरण पूरा भएको छ । हाँडीगाउँस्थित धन्वन्तरी फुटसलमा समूह चरणको खेल सकिएसँगै प्रि-क्वाटरफाइनल समीकरण पूरा भएको हो । प्रतियोगिताअन्तर्गत समूह ‘ए’ बाट कामना सेवा विकास बैंक समूह विजेता र लुम्बिनी बैंक उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् ।

समूह ‘बी’बाट माछापुच्छे« बैंक विजेता र नेपाल इन्भेस्टमेन्ट बैंक उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘सी’ बाट ज्योति विकास बैंक विजेता र प्रभु बैंक उपविजेता बन्दै प्रि-क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

समूह ‘डी’ बाट सिद्धार्थ बैंक विजेता र एनएमबी बैंक उपविजेता बन्दै नकआउट चरणमा पुग्दा समूह ‘ई’ बाट सानिमा बैंक विजेता र राष्ट्रिय बीमा संस्थान उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘एफ’ बाट हिमालयन बैंक विजेता र कुमारी बैंक उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् ।

यस्तै, सांग्रिला बैंक, गुर्खास फाइनान्स र महालक्ष्मी विकास बैंक उत्कृष्ट तेस्रो हुँदै प्रि-क्वाटरफाइनलमा प्रवेश गरेका छन् । कामना सेवा विकास बैंकको आयोजना र खेलपाटी डटकमको व्यवस्थापनमा जारी प्रतियोगिताको नकआउट चरण र प्रतियोगितामा सहभागी बैंक तथा वित्तीय संस्थाको २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको थियो । प्रतियोगितामा पहिलोपटक दुई महिला टोलीले सहभागिता जनाएका छन् । महिला टोलीमा आयोजक कामना र माछापुच्छ्रे रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?