तेस्रो हप्ता पनि ‘महापुरुष’ लाई दर्शको उत्तिकै साथ

Read Time = 2 mins

काठमाडौं । चलचित्र महापुरुष तेस्रो हप्तामा प्रदर्शन भइरहेको छ । यही कात्तिक ११ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले तेस्रो हप्तामा पनि दर्शकको उत्तिकै साथ पाएको छ । लगातार दुई हप्ता सिनेमाघरमा सर्वाधिक शोका साथ प्रदर्शन भएको महापुरुषको शो तेस्रो हप्तामा भने भारी मात्रामा शो कटौती भएको छ ।

शुक्रबारदेखि प्रदर्शनमा आएका हलिउड चिलचित्र ‘ब्ल्याक प्यान्थरः वकान्डा फरेवर’ र बलिउड चलचित्र ‘उचाइ’का कारण महापुरुषको शोमा कटौती भएको हो । शो कम भए पनि महापुरुषका अधिकांश शो तेस्रो हप्तामा पनि हाउसफुल देखिन्छन् ।

यस्तै चलचित्रको विदेश राइटको माग पनि बढ्दै गएको छ । अमेरिका, अष्ट्रेलियालगायत देशमा सफलताका साथ प्रदर्शन भएको चलचित्रको राइट नर्वे, पोर्चुगल, डेनमार्क, स्पेन, जर्मनी, साइप्रस, बेल्जियम, पोल्याण्डलगायत युरोपेली देशमा बिक्री भइसकेको छ । ती देशमा चलचित्रको प्रदर्शन मिति भने छिट्टै सार्वजनिक गर्ने निर्माण टोलीले जनाएको छ ।

जात्रा, शत्रु गते र जात्रै जात्रा जस्ता व्यावसायिक रूपमा सफल चलचित्र दिनुभएका निर्देशक प्रदीप भट्टराईको यो लगातार चौथो सफलता हो । चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ तथा नवकलाकार अरुण क्षेत्री र अञ्जना बराइलीको मुख्य भूमिका छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?