शान्तिको सन्देशको रचना वाचन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । शान्तिको सन्देश साहित्यिक मासिक कार्यक्रमअन्तर्गत शनिबार काठमाडौं महाकाल ओरालोको आफ्नो भवनमा संस्थाद्वारा आयोजित कार्यक्रममा साहित्यकारहरूका रचना वाचन तथा श्रवण गरियो ।

उक्त समितिका अध्यक्ष शोभा उप्रेती खरेलको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अच्युतप्रसाद पौडेल ‘चिन्तन’ रहनुभएको थियो भने विशिष्ट अतिथिमा साहित्यकार मधुसूदन पाण्डेय रहनुभएको थियो । भरत कार्कीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा साहित्यकार रमेश तुफन अतिथि रहनुभएको थियो ।

कार्यक्रममा विनोद दाहाल वत्स, त्रिलोचन आचार्य, दुर्गा अधिकारी भमरकोटे, ओमप्रसाद कोइराला, डा.बुद्धिप्रसाद पौडेल, रामचन्द्र दाहाल, तुलसीराम पुडासैनी, राजनकुमार पोखरेल, अमृतप्रसाद पौडेललगायत साहित्यकारले अ-आफ्ना रचना वाचन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?