‘ब्युँझेको कुम्भकर्ण’ को लोकार्पण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । साहित्यकार विष्णु ओलीको नवीनतम् कृति ब्युँझेको कुम्भकर्ण कृतिको शनिबार लोकार्पण भएको छ । साहित्यकार डा.तुलसीप्रसाद भट्टराईको सभापतित्वमा आयोति कार्यक्रममा प्रा.डा.सुरेन्द्र केसी प्रमुख अथिति रहनुभएको थियो । प्रमुख अतिथिबाट पानसमा बत्ती बाली उद्घाटन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि, अतिथि पुस्तकका लेखकलगायत व्यक्तिहरूबाट उक्त पुस्तकको लोकार्पण भएको थियो ।

बानेश्वर बहुमुखी क्याम्पस बानेश्वर बागमती किनारमा आयोजित कार्यक्रममा लोकार्पित उक्त चिन्तनप्रधान कृतिमाथि प्रमुख अतिथि केसी, पूर्वसचिव शान्तराज सुवेदी, डा.इन्दुल केसी, शंकर भारती, उक्त क्याम्पसका प्रमुख, पुस्तकका लेखक ओलीलगायत व्यक्तिहरूले पुस्तकका बारेमा विचार व्यक्त गर्नुभएको थियो ।

डा.मधुसूदन लामिछानको सञ्चालन रहेको कार्यक्रममा रत्नराज्य विद्यालयका पूर्वप्रधानअध्यापक गीता खरेलले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रमा सभापति डा.भट्टराईले पनि आफ्नो विचार व्यक्त गर्नुभएको थियो

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?