एलओडीमा ओलीको र्‍याप

Read Time = 1 min

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली शुक्रबार राति ठमेलस्थित एलओडी नाइट क्लब पुग्नुभयो । ओली ठमेलस्थित एलओडीमा मध्यरातमा पुग्दा क्लबका सयौँ युवाले ‘केपी बा’ नारा लगाएका थिए ।

ओलीले त्यहाँ पुगेर र्‍याप गीत गाउनुभएको थियो । शहर-शहरमा ओली र्‍याप क्लबमा घन्कियो । जसमा एमालेको तत्कालीन सरकारको पालामा भएका विकास समेटिएको छ ।

जसमा नागरिकता विधेयकमा ओलीको अडान, अतिक्रमित भू-भाग नक्सामा समेटिएको तथा विकासका योजना र परिकल्पना समेटिएको छ । ओली आफैंले पनि उक्त र्‍याप गाएर रमाइलो गर्नुभएको थियो । ओली आफैंले आफ्नो फेसबुक पेजमा आफू एलओडी पुगेको उल्लेख गर्दै तस्वीरहरू सार्वजनिक गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?