सेन्ट जर्जमा कुकिङ प्रतियोगिता

Read Time = 2 mins

काठमाडौं । हाँडीगाउँस्थित सेन्ट जर्ज स्कुलले विद्यार्थीबीच कुकिङ प्रतियोगिता आयोजना गरेको छ । कक्षा छभन्दा माथिका चारवटा सदनका विद्यार्थीबीच भएको प्रतियोगितामा विद्यार्थीले विभिन्न परिकार तयार गरेका थिए । ढिँडो, बारा, गुन्द्रुक, अचार, पानीपुरी, चटपटे, सेल, मासु, विभिन्न तरकारी, अचार, पुलाउ, खीर, सलाद, दही बडा, दाल, विरयानी, आलु चिप्स, ससेस, रोटीलगायका परिकार तयार गरेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट छनोटका लागि राजेश चालिसे, श्याम घिमिरे, उद्वव ( हुद्दराज) तिमल्सिना तीनजनालाई निर्णायकको भूमिका दिइएको थियो । कार्यक्रममा समाजसेवी टीकाप्रसाद घिमिरे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहाल, प्रअ मेघराज बजगाईंं एवं शिक्षकशिक्षिकाको उपस्थिति थियो ।

प्रतियोगितामा प्रथम रातो सदन, दोस्रो हरियो सदन, तेस्रो पहेँलो सदन र सान्त्वना निलो सदनले प्राप्त गर्न सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

प्रतियोगितामा विजयी विद्यार्थीलाई विद्यालयको विशेष कार्यक्रमको अवसर पारी पुरस्कार वितरण गरिने विद्यालयका प्रअ मेघराज बजगाईंले बताउनुभयो । विद्यालयले बालबालिकाको चौतर्फी विकासका लागि बेला-बेला विभिन्न खालका अतिरिक्त क्रियाकलापहरू आयोजना गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?