Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित आठ जना पक्राउ

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins
A A- A+

काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको बुद्धशान्ती गाउँपालिका-३ बुद्धटोलबाट १०२ ग्राम ब्राउन सुगरसहित कचनकवल गाउँपालिका-१ का ३१ वर्षीय मोहमद हुसेनलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा हुसेनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा उक्त लागूऔषध मेचीनगर नगरपालिका-८ मेची आवास बस्ने २८ वर्षीय बिकाश राजबंशीले खरिद गरी ल्याएको भन्ने खुलेको थियो । त्यसपछि प्रहरीले उनको समेत कोठा तलासी गर्दा थप २५ ग्राम २५० मिलिग्राम ब्राउन सुगर भेटाएको थियो । हाल फरार रहेका बिकाश राजबंशीको प्रहरीले खोजी गरिरहेको छ ।

सिरहाको धनगढीमाई नगरपालिका-५ तेतिस बिघास्थित सडकबाट १० ग्राम ९२० मिलिग्राम ब्राउन सुगर र नगद २९ हजार रूपैयाँसहित सोही नगरपालिका-१३ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

स.८ प २२९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ र नगदसहित फेला पारी पक्राउ गरेको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका-२ बैसठ्ठी नम्बर पिलर चोक फुटाहबाट २ ग्राम ८५० ब्राउन सुगरसहित बाँके खजुरा गाउँपालिका-६ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

भे.१२ प ४१९७ नम्बरको स्कुटरलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका-१ कारागार नजिकबाट सोही उपमहानगरपालिका-८ बस्ने २४ वर्षीय आयुष सिंहलाई एक ग्राम खैरो हेरोईनसहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।

दाङको लमही नगरपालिका-९ अमिलियाबाट ३९५ ग्राम चरेशसहित जाजरकोट जुनचाँदी गाउँपालिका घर भई सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ चनौटे बस्ने १७ वर्षीय किशोर सहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश ३-०२-००२ प ७९२३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?