डुबेर दुई जना बालिकाको मृत्यु

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । धनुषा र बाग्लुङमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

धनुषाको हंसपुर नगरपालिका-२ ठन्काहास्थित शिधबाबा इँटा उद्योगमा काम गरी बस्ने सर्लाही बलरा नगरपालिका-४ घर भएका किसुन महतोकी २ वर्षीया छोरी पिंकी कुमारी महतोको इँटा भट्टा नजिकै खाल्डोमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।

खेल्ने क्रममा उक्त खाल्डोमा डुबेर अशक्त भएकी उनको स्थानीय मेडिकल तारापट्टीमामा उपचारको क्रममा मृत्यु भएको हो ।

वाग्लुङको तमानखोला गाउँपालिका-३ घर भई गल्कोट नगरपालिका-६ दरमखोलास्थित दरमखोला एग्रीकल्चर एण्ड रिभर साईडमा ज्याला गरी बस्ने सपना रोकाकी १८ महिने छोरी सोनिया रोकाको सोही ठाउँस्थित पोखरीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।

पोखरीमा डुबेर अशक्त भएकी उनको ईमर्जेन्सी पोलिक्लिनिक हटिया वाग्लुङमा उपचारको क्रममा मृत्यु भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?