Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

स्थानीयको समस्या समाधानका लागि लड्नेछुः कुन्ती पोखरेल

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोखरेलले आफ्नो क्षेत्रको सडक र खानेपानीको समस्या समाधान गर्न लागिपर्ने बताउनुभएको छ ।

आईतवार काठमाडौं क्षेत्र नं. २ अन्तर्गत शंखरापुर नगरपालिकाको वडा नंं. ८ मा घरदैलोको क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले क्षेत्रको समस्या समाधानका लागि लागिपर्ने बताउनुभएको हो । उहाँले आफूले काठमाडौं क्षेत्र नं. २ को घरदैलोमा जाँदा सडक र खानेपानीको समस्या समाधानका लागि स्थानीयले अनुरोध गरेको भन्दै सो समस्या समाधानका लागि आफूले भुमिका खेल्ने बताउनु भयो ।

संघीय सरकारसँग प्रशस्त बजेट भएपनि काठमाडौं क्षेत्र नं. २ मा काम गर्ने मान्छे नभएको उहाँले बताउनु भयो । स्थानीयको समस्या समाधानका लागि आफू निरन्तर लागिरहने उहाँले बताउनु भयो ।

उहाँले राप्रपालाई भोट हाल्नका लागि स्थानीय उत्साहित भएको प्रतिक्रिया दिनुभयो । चुनावी गीत, संगीत र चुनाव चिन्ह हलोमा भोट हाल्न अपील गर्ने नाराबाजीसहित पोखरेलको घरदैलो चलेको थियो । उहाँले आफू धेरैभन्दा धेरै मतदाताको घरमा पुग्ने प्रयास गरिरहेको बताउनु भयो ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?