फाइनलमा इंग्ल्यान्ड टस जितेर फिल्डिङ गर्ने

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

काठमाडौं । आईसीसी टी-२० पुरुष विश्वकपको फाइनल खेलमा इंग्ल्यान्डले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । मेलवर्न क्रिकेट मैदानमा टस हारेको पाकिस्तानले सुरुवाती ब्याटिङ गर्नेछ ।

यसअघि सेमिफाइनलमा इंग्ल्यान्डले भारतलाई दश विकेटले हराएको थियो । पाकिस्तानले न्युजिल्यान्डलाई हराउँदै तेस्रो पटक फाइलनमा स्थान बनाएको थियो ।

बाबर आजमको कप्तानीमा रहेको पाकिस्तान र जस बट्लरको कप्तानीमा रहेको इंग्ल्यान्ड दोस्रो पटक उपाधि जित्ने योजनामा छन् । पाकिस्तानले सन् २००९ मा इंग्ल्यान्डमै भएको दोस्रो संस्करणको प्रतियोगितामा श्रीलंकालाई हराउँदै उपाधि जितेको थियो ।

इंग्ल्यान्डले भने सन् २०१० मा वेस्ट इन्डिजमा आयोजना भएको प्रतियोगितामा अस्ट्रेलियालाई हराउँदै च्याम्पियन भएको थियो । तेस्रो संस्करणको प्रतियोगितामा इंग्ल्यान्ड फाइनलमा सात विकेटले विजयी भएको थियो ।

आईसीसी टी-२० विश्वकपको उपाधि वेस्ट इन्डिजले सर्वाधिक दुई पटक जितेको छ । वेस्ट इन्जिडले सन् २०१२ को चौथो संस्करण र सन् २०१६ को छैटौं संस्करण उपाधि हात पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?